‘नयाँ अध्यायको सुरुवातमा लागिपरेको छु’ – भवन भट्ट, एनआरएनए अध्यक्ष


प्रकाशित मिति : फाल्गुन २४, २०७४ बिहीबार

गत अक्टोबरमा सम्पन्न एनआरएनए सम्मेलनबाट अध्यक्षमा निर्वाचित भएका हुन् चर्चित हस्पिटालिटी बिजनेश आइकन भवन भट्ट । टीबीआई गु्रपका अध्यक्ष समेत रहेका भट्टको यो गु्रपले जापानमा झण्डै ३ सय चेन रेष्टुरेण्टहरु संचालन गर्दै आएको छ । टीबीआई ग्रुप अन्तरगत कारोबार दैनिक, बीबी एयरवेज, नेपाल बु्रअरी, लिबर्टी कलेज लगायतका कैयन कम्पनीहरु संचालन हुदै आएका छन् । नयाँ अध्यायको सुरुवातको नारा दिदै एनआरएन अध्यक्षमा निर्वाचित भवन भ्ट्टले कस्तो खालको नयाँ अध्यायको सुरुवात गर्दैछन् ? खसोखासका प्रधानसम्पादक किशोर पन्थीसँगको विशेष सम्बादको सारसंक्षेप । 

एनआरएनको अध्यक्ष निर्वाचित हुनुपूर्व नयाँ अध्यायको शुरुवात भन्नुभएको थियो । अध्यक्ष भएको केही महिना वितिसकेका छन्, यो अवधिमा नयाँ के कस्ता कामको शुरुवात गर्नुभयो ?

हो, मैले एनआरएनको नयाँ अध्यायको शुरुवात भनेको थिए । अहिले त्यसमै लागेको छु । नयाँ अध्यायको शुरुवात भनेको संस्था बलियो र चलायमान बनाउनु हो । त्यसको लागि  १५ वर्षपछि संस्थाको हेडक्वाटर बनाउँदैछौँ । भन्न त हामीले २००३ देखि नेपाल र नेपाली जनताको विकास समृद्धि भन्दै आएका छौँ । त्यसको लागि संस्थालाई बलियो बनाउनु पर्यो । यसमा रहेका सदस्यहरुको व्यापस्थापन गर्नु पनि छ । अहिले संस्था बैधानिक रुपमा काम गर्न पाउने भएको छ । अर्को, हामीबाट देशले आशा गरेको, विश्वभर नेपालको सन्देश राम्रोसँग पुर्याउनु  छ । यसमा एनआरएनको महत्वपूर्ण भूमिका हुन्छ । हामी विश्वभर त छौँ तर विश्वमा नेपालको बारेमा प्रभावकारी ढंगले सन्देश फैलाउन सकेका छैनौँ । नेपालमा विदेशी लगानीकर्तालाई लगानी गर्नको लागि  प्रभावित पार्न सकेका छैनौँ यो कामको सुरु गर्ने जिम्मा पनि हाम्रो काँधमा आएको छ ।  विदेशीले नेपालको परिस्थिति के छ त्यो पनि हेरेर बसेको हुन्छ ।  देशमा बल्ल संबैधानिक परिपाटीबाट सरकार बनेको छ । अब मुलुकको लागि पूरै अर्थतन्त्र परिवर्तनमा योगदान गर्नुपर्ने बेला हो । नयाँ युगको शूरुवात भनेको यहि हो । देशमा जननिर्वाचित सरकार बनेको छ । हामी विदेशमा रहेका एनआरएनले देशको समृद्धिको लागि योगदान दिने महत्वपूर्ण समय भएकाले मैले नयाँ युगको सूरु भनेको हो । अहिले विदेशी लगानी भित्राउनको लागि यो सुनौलो अवसर पैदा भएको छ  । अर्को कुरा नेपालमा अहिले पनि विदेशी लगानी कर्ताको लागि बनेका नियम कानुन निकै पुराना छन्, जुन नियम कानुनले विदेशी लगानी कर्तालाई आकर्षण  गर्दैन । २०३२ सालदेखिका ऐनहरु अहिलेसम्म कायम छन् । यसले विदेशी लगानी कर्तालाई विकर्षण गर्दछ । यदि विदेशी लगानी भित्राउने हो भने ती ऐन कानुन संशोधन गर्नु पर्दछ । तर, विदेशी लगानी कर्ताको लागि बनेका जति पनि नियम कानुन छन् ,अहिले पनि परिवर्तन गर्नसक्ने कुनै नेतृत्व नेपालमा देखिदैन । कसैले त्यो आँट गर्यो भने  पनि अख्तियारले समाउँछ कि भन्ने त्रास छ । देश विकाश गर्ने हो भने देश चलाउने नेतृत्वले आँट चाही गर्नुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफ्नो दुई वर्षे कार्यकालमा पुरा गर्ने कार्ययोजना के के  बनाउनु भएको छ, बताईदिनुन् ?

रोकिएको मेगा प्रोजेक्ट, लाप्राक नमुना बस्ती यो दुईवर्षमा, कुनै पनि हालतमा  निर्माणकार्य  पुरा गर्छौ । शंख पार्क पनि छिटै निर्माण गर्ने छौँ । निर्माणको हिसाबले यीनै हुन । मेगा प्रोजेक्ट सबै हुन, हामीले संसारभरबाट नेपालमा लगानी कर्ता लैजाने र देशको विकासको लागि भूमिका निर्वाह गर्नु पर्नेछ । एनआरएनको फाउन्डेसन छ , त्यसलाई मूर्त रुप दिन्छौँ । विगतमा हामीले हजार अभियान भनेर शुरु गनेका थियौँ , त्यसलाई अझ प्रभावकारी रुपमा संचालन गर्नका लागि एउटा संयन्त्र बनाउनु पर्नेछ । त्यसलाई निरन्तरता मात्र होइन,प्रभावकारी बनाउँछौ । एक जनताको हजारले देशको विकासमा ठूलो योगदान पुर्याउन सक्छ । विदेशी मुद्रालाई लगानी भेइकलको रुपमा विकास गर्दैछाँै , यसलाई मूर्त रुप दिन्छौँ । आजको दिनसम्म पनि नौ हजार स्कुल भूकम्पबाट प्रभावित नै छन् , एकले अर्को स्कुललाई सहयोग गर्नेगरी सिस्टर स्कुल बनाउनेछौं । स्वास्थ्य क्षेत्रमा सहयोगको लागि टेलिमेडिसिनको स्थापना गर्ने योजना छ । अहिले पनि ग्रामीण बस्तीहरुमा स्वास्थ्य सेवा र उपचार गर्ने राम्रो डाक्टरको अभाव रहेको छ । विकट ठाउँमा अहिले पनि धेरै मानिसहरु उपचारको अभावको कारण अकालमा ज्यान गुमाउनु परेको छ । त्यसकारण  डाक्टरसँग टेलिमेडिसिनको माध्यमबाट  दुरदराजका जनताले आफ्नो समस्या राख्ने र उपचार गर्न सक्ने कामको सुरुवात गरेको छौँ । अमेरिकामा बनेको आइफोन एक हप्तामा नेपालीको हात हातमा पुग्छ । अर्को नेपालीहरु भाग्यमानी छौँ , संसारमा बनेका नयाँ नयाँ टेक्नोलीहरु प्रयोगमा आएकालाई सजिलै प्रयोगमा ल्याउन सक्छौँ, विकसित मुलुकमा नयाँ विकासको लागि अझै नयाँ गर्ने पुरानो नष्ट गरेर नयाँ बनाउन समय लाग्छ , तर हामीलाई त्यो गर्न पर्दैन, विभिन्न देशमा बनेका अत्यन्तै राम्रो टेक्नोलोजि छन् , जुन हामी सजिलो गरी प्रयोगमा ल्याउन सक्छौँ । कम्तीमा एउटा जिल्लामा एउटा टेक्नोलोजी प्रयोग गर्ने मौका छ , त्यो गर्न सक्छौ । यसको लागि यहाँको सरकारी निकायमा पहल सुरु गर्छौ ।

नेपालको पर्यटन प्रवृद्धनको लागि अतिथि देवःभव भनेर अभियान चलाउनु भएको थियो । एक जना एनआरएन बराबर एक जना पर्यटक भन्नुभयो ।  अब पर्यटक प्रबृद्धनको लागि के कस्ता योजना ल्याउनु भएको छ ?

अभियान जारी छ । त्यसको संयन्त्र तयार हुनलाई समय लागेको हो । सोम सापकोटाको संयोजकत्वमा अतिथिदेबभव अभियान अगाडि बढ्छ , अलपत्र हुँदैन । विदेशमा रहेका सबै नेपालीले एनआरएनले जे, सञ्चालनमा ल्याएको छ त्यही प्रयोग गरौँ । एनआरएनको साथीहरु देशमा होटल खोल्नु भो भने सबै कार्यक्रम त्यहीँ गर्ने, बैक छ भने सबै कारोबार त्यहीँबाट गर्ने गर्नुपर्छ । हामीले पनि एक जना एनआरएनले गरेको कामलाई साथ दिनुपर्छ । सुरु गरेका कामलाई सफल बनाउन के गर्न सकिन्छ भन्ने सोँचौ । हामी नेपाली नेपालभन्दा सयौँ बर्ष अगाडि विकास भएका मुलुकहरुमा बसेका छौँ । नेपालीले विश्वमा आफ्नो पहिचानको लागि संघर्ष गर्नु पर्ने भएको छ , त्यसकारण देश बनाउनको लागि एनआरएनले गरेका कामको आलोजना होइन कि देश बनाउनको लागि सपोट गरेर अगाडि बढाउनुपर्छ । सकारात्मक सोचको विकास गरौँ ।


एनआरएनले उठाएका धेरै एजेण्डा संविधानमा समाबेस भएका छन्, दोहोरो नागरिकता दिने ऐन बन्न बाँकी छ । अब देशलाई केही दिने पालो एनआरएनको हो भनिन्छ । राष्ट्रनिर्माणमा साझेदार बनेर अगाडि बढ्ने बेला भएको छ । अन्तिममा संसारभर छरिएर रहेका एनआरएनलाई के आव्हान गर्नुहुन्छ ?

राष्ट्र निमार्ण गर्ने महाअभियान हो । यसमा एनआरएनको ठूलो भूमिका र दायित्व पनि छ । राष्ट्र निर्माणमा योगदान पुर्याउने महाअभियानमा लागेकालाई सम्मान भन्ने शब्दले पुग्दैन । नेपालको समृद्धिका लागि योगदान पुर्याउने महान् हुन । आफ्नो सबै कुरा थाति राखेर यस अभियानमा लागेका छन् , ति साथीहरुको इतिहासको पन्नामा नाम लेखिनुपर्छ । भोलि हाम्रा छोरा नातीले अमेरिका, जापान, क्यानडा, अष्ट्रेलिया बसेर देशको लागि के गर्यौ, देशलाई के दियौँ भन्ने प्रश्नको दवाफ दिन लायक हुनुपर्छ । उनीहरुले प्रश्न गर्ने ठाउँ राख्नु हुँदैन । सबैभन्दा पहिला आफू बलियो बनौँ । देशको लागि भाषण भन्दा काम गर्यौँ । कोही, इन्जिनियर, बैक, पुनर्निमाण, शिक्षा, स्वास्थ्यको क्षेत्रमा ध्यान दिएर काममा जुटौँ । नेपाल नेपालीले बनाउनु पर्छ भन्ने मान्यता राख्नु हुँदैन, विदेशी लगानी कर्ता र विदेशी टेक्नीसियनलाई पनि सँगै लिएर काम गर्न सक्नुपर्छ । हामी साँगुरो सोचाइ राख्नु  हुँदैन । विदेशी लगानी कर्तालाई पनि यो एउटा मौका छ । त्यो कुरा हामीले भन्न सक्नु पर्यो । सबै एनआरएन मिलेर संसार भरका मानिसको लगानी देशमा भित्राउन सक्यौ भने मात्र नयाँ नेपाल निर्माण हुन्छ । जो, विदेशी भेटे पनि  मुसुक्क हाँसेर नमस्कार गरेर स्वागत गरौँ । हाम्रो संकार भनेको आफू भोको बसेर पाहुनालाई मिठोचोखो खुवाउने देशका मानिस हौँ , त्यो नभूलौँ । यो संसस्कारलाई निरन्तरता दिऊ । आफ्नो मुलुकको इमेज राम्रो बनाउँ र सबैलाई देश प्रति आकर्षण पैदा गर्यौँ । सामान्य पर्यटकले एक प्लेट मम खाए पनि देशको लागि राम्रो हो । नेपालीहरु मायालु छन्, सबैलाई माया गर्दछन, प्राकृतिक सौन्दर्यता छ भन्नु पर्यो । सकारात्मक सोचका साथ  काम गरेको खण्डमा सबैले नेपालमा योगदान गरेको आभास हुन्छ । हरेक एनआरएन राष्ट्रको सदभाव दुत हौँ । हामी नेपालीले मात्रृभूमिको माटोलाई माया गरौँ र हरेक दिन धेरै होइन, देशका लागि तीन मिनेट सोच्न  अनुरोध गर्दछु । हाम्रो भावि सन्तानले हामीलाई बारम्बार याद गर्ने छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com