बिल गेट्सलाई पछि पार्दै बेजोस बने विश्वकै धनाढ्य


प्रकाशित मिति : फाल्गुन २३, २०७४ बुधबार

फागुन २३, एजेन्सी । अमेजन कम्पनीका मालिक तथा सिईओ जेफ बेजोस माइक्रोसफ्टका फाउन्डर बिल गेट्सलाई पछि पार्दै विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । फोब्र्सले जारी गरेको यस वर्षका विश्वकै सर्वाधिक धनाढ्यहरुको सुचीमा १ सय १२ बिलियन डलर कमाईसहित बेजोस पहिलो नम्बरमा छन् । दोस्रो नम्बरमा बिल गेट्स छन्। गेट्सको कमाई यस ९० बिलियन डलर छ। तेस्रो स्थानमा वारेन बफेट छन्। उनको कमाई ८४ बिलियन डलर छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस सुचीको ७ सय ६६ औं स्थानमा छन्। पत्नीलाई दिए जस जेफले आफ्नो सफलताको जस पत्नी मैकेन्जी बेजोसलाई दिएका छन् । यो जोडीका चार सन्तान छन्। जेफले आफ्नी श्रीमतीले सधैं हौसला र साथ दिने गरेको बताएका छन्। मैकेन्जी उपन्यासकार हुन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com