फागुन २३, एजेन्सी । अमेजन कम्पनीका मालिक तथा सिईओ जेफ बेजोस माइक्रोसफ्टका फाउन्डर बिल गेट्सलाई पछि पार्दै विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । फोब्र्सले जारी गरेको यस वर्षका विश्वकै सर्वाधिक धनाढ्यहरुको सुचीमा १ सय १२ बिलियन डलर कमाईसहित बेजोस पहिलो नम्बरमा छन् । दोस्रो नम्बरमा बिल गेट्स छन्। गेट्सको कमाई यस ९० बिलियन डलर छ। तेस्रो स्थानमा वारेन बफेट छन्। उनको कमाई ८४ बिलियन डलर छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस सुचीको ७ सय ६६ औं स्थानमा छन्। पत्नीलाई दिए जस जेफले आफ्नो सफलताको जस पत्नी मैकेन्जी बेजोसलाई दिएका छन् । यो जोडीका चार सन्तान छन्। जेफले आफ्नी श्रीमतीले सधैं हौसला र साथ दिने गरेको बताएका छन्। मैकेन्जी उपन्यासकार हुन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।