अब देशभरका एम्बुलेन्सको एउटै फोन नम्बर १०२ हुने
प्रकाशित मिति : २१ फाल्गुन २०७४, सोमबार
फागुन २१, काठमाडौं । नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाल एम्बुलेन्स सर्भिस ९नास० बीच आपत्कालीन स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार नासले देशभरका स्वास्थ्य चौकी, अस्पताल, हेल्थकेयर संस्थाहरुमा सञ्चालन हुने एम्बुलेन्स सेवाहरुको एउटै नम्बर १०२ प्रयोगमा ल्याउनेछ। १०२ मा फोन गर्दा नजिकमा रहेको एम्बुलेन्ससँग सम्पर्क हुनेछ ।
यसको व्यवस्था नासले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहकार्यमा गर्नेछ । आपत्कालीन स्वास्थ्य सेवा तालिम केन्द्रको स्थापना गर्ने सम्झौता समेत भएको छ।
यो सम्झौता पत्रमा स्वास्थ्य मन्त्रालयको नीति, योजना र अन्तर्राष्ट्रिय सहयोग विभाग प्रमुख डा.श्रीकृष्ण गिरी र नेपाल एम्बुलेन्स सर्भिसका अध्यक्ष ओम राजभण्डारीले हस्ताक्षर गरेका छन्। उक्त हस्ताक्षर कार्यक्रममा स्वस्थ्य मन्त्रालयका उच्च अधिकृतहरु र नेपाल एम्बुलेन्स सर्भिसका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।





