टिपिएस नविकरण पछीका चुनौतीहरुको बारेमा पनि छलफल गरौं


प्रकाशित मिति : फाल्गुन २१, २०७४ सोमबार

सुनिल मणी दाहाल

संकटमा परेका मूलुकका नागरिक जो अमेरिकाको भ्रमणमा रहेको, तालिम,शिक्षा लिदै गरेको अवस्थामा मानवीय सहयोग वापत छोटो अवधीकालागी वसोवास गर्न र जीवनयापनका लागी रोजगारी प्रदान गर्ने अमेरिकाको टेम्पोरोरी प्रोटेक्टेड स्टाटस (टिपिएस)  सुविधा प्रसंसनिय छ।

टिपिएसको सुबिधा प्राप्त बिदेशी नागरीकहरुले तोकिदिएको समय सम्म अमेरिकामा अस्थाई रुपमा बसोबास र रोजगारी गर्न पाउदछ्न र टिपिएसको तोकिएको समय सकिएपछी सबैले आ आफ्नो पुरानो स्टाटसमा फर्कनु पर्दछ। अमेरिकाले टिपिएसको सुबिधा नेपाल सहित दश मूलुकका नागरीकहरुलाई प्रदान गरेको छ, जसमा नेपाल , साल्भाडोर , हाइती, हुन्डुरस , निकारागुवा , सोमालिया , दक्षिण सुडान , सुडान, सिरिया र यमन छन ।  अमेरिकि सरकारले मानविय सहयोग बापत प्रदान गर्ने टिपिएसका लागी योग्य हुन निम्नानुसारको शर्त राखेको छ :

– चालु युग्द्द वा गृह युग्द

– प्राकृतिक बिपद – भुकम्प्, हुरी आदि

– अन्य असाधारण र अस्थायी अवस्थाहरू

टिपिएसको सुबिधा पाएका बिदेशी नागरीकहरुले उपभोग गर्न पाउने सुबिधाहरु:

– टिपिएसमा तोकी दिएको अवधी सम्म अमेरिकाबाट आफ्नो देश फिर्ता पठाईदैन

– रोजगारीको सुबिधा प्राप्त हुन्छ

– परेको बेला भ्रमणका लागी अनुमती प्राप्त हुन सक्छ ।

भूकम्प पछी नेपालको अवस्था कठिन थियो र अमेरिकी सरकारले भूकम्पका समयमा जुन २४, २०१५ देखी अमेरिकामा निरन्तर बसोवास गरेका अस्थाई रूपमा घुम्न आएका, पढन आएका, तालिमका लागी आएका गरेर ८ हजार ९ सय ५० नेपाली नागरीकहरुले टिपिएस सुबिधा प्रदान गरेको ईमेग्रेसन फोरमले आफ्नो वेबसाइटमा  जनाएको छ। (http://immigrationforum.org/blog/fact-sheet-temporary-protected-status/)  । यो टिपिएस सुबिधाको म्याद आगामी जुन २४, २०१८ मा समाप्त हुँदैछ ।

के नेपालीहरुका लागी अझै टिपिएस सुबिधा आवस्यक ?अव त नेपालमा भूकम्पको प्रभाव छैन र नेपाली जनजीवन सामान्य अवस्थामा रहेको नेपाल भ्रमणबाट फर्केका नेपालीहरु नै  वताउछ। भूकम्पका बास्तविक पिडितहरु बाहेक अन्यको जनजिवन सामान्य रहेको नेपाल घुमेर फर्केका बिदेशीहरु समेत बताउछन । नेपाल भित्र रहेका नेपालीहरू पनि अव नेपाल मै गरी खाने बातावरण बनेको स्विकार्दछ्न। अर्काथरी भन्छन – अमेरिका जस्तो ठाउ छोडनु हुँदैन , विद्यार्थीहरुका लागी कम्तिमा बाबु आमाले पठाउने रेमिट्यान्सको बचत त हुन्छ्,  जसरी भएनी बर्तमान टिपिएसको नबिकरण हुनु पर्द्छ । यस बारेमा अमेरिकामा बसोबास गर्दै आएकाहरुले राय दिए भने आफु चै बसोबास गर्ने अरुलाई चै हुँदैन भन्नेहरु पनि छन ।

टिपिएस नविकरणका लागी एनआरएन अमेरिकाको दाबीको श्रोत के हो ?

यदि टिपिएस सुविधा नविकरण भएन भने ति नेपालीहरू र सिंगो नेपाललाई आर्थिक, सामाजिक, मानसिक समस्या पर्ने एनआरएन अमेरिकाले सिनेटरहरूलाई भेटी टिपिएस नविकरण गराई पाउन अनुरोध गरेको छ । नेपालमा अहिले भुकम्पको कारणले बस्नै नसकिने अवस्था छ- वा गरिखाने अवस्था छैन” भन्ने आधार कही कतै भेटिदैन । अन्यन्त सम्बेदनशिल कुरा चै एनआरएनले कुन अध्ययन र बिश्लेषण  मार्फत नेपालका बारेमा टिपिएस नविकरण गराई पाउने आधार निकाल्यो – जस अनुसार अमेरिकामा बस्ने धेरैजसो नेपालीहरु जो टिपीएस प्राप्त गरेका छन् तिनले अमेरिका बस्दा नेपालमा बस्ने भुकम्पले पिडित तिनका परिवार नातेदारलाइ आर्थिक राहत पुर्याउनेछन् भन्ने ? अर्का तर्फ , भुकम्पका कारण नेपालमा जीवन बचाउने अवस्था अहिले छैन भन्ने दाबीको श्रोत के हो ?  एनआरएन सँग कुनै तथ्यान्क छ – कतिजना नेपाली भुकम्प पिडित परिवारका सदस्यहरु अमेरिकामा ज्यान जोगाएर बसेका छन्?

एनआरएनको यो दाबी उपर के नेपाल सरकार सहमत छ? के टिपिएस सुविधा नविकरण भएमा नेपालकालागी फायदाजनक हुन्छ? के भूकम्पको पिडाको दुख देखाउदै अमेरिकी सिनेटरलाइ ढाट्नु स्वाभिमानी नेपालीलाई सुहाउछ? एनआरएनले सिनेटहरुलाई झुटा कुरा नगरी “अमेरिका मै बस्न, रोजगारी पाउन, वा भविस्यमा स्थाई बसोबास वा नागरिकता लिनका लागि टिपीएस मार्फत गरिएको प्रयास” भनेको भए हुन्थ्यो, भन्दाइ एनआरएनको कदम प्रती सामाजिक सन्जालमा चर्को आलोचना भएको छ । नेपालको बर्तमान अवस्थामा आफ्नो देशका जनतालाई अर्काको देशले प्रदान गर्ने टिपीएस जस्तो सुबिधा आवस्यक छ, छैन, यसका लागी आधिकारीक निकाय नै नेपाल सरकार हो, उसैले यस समस्यालाई स्पष्ट पार्ने नै छ ।

 अभियन्ताहरूको होडवाजी  नेपाल सरकारको मौनता

अमेरिकाका नेपाली सामाजिक अभियन्ताहरू टिपिएस नविकरण गराई पाउं भन्न्दै विन्ति गर्न सिनेटर र कॉग्रेसम्यानहरूको दर्शन भेट गर्दै सिनेटरहरुबाट पाएका आश्वासनका पोकाहरूले मख्ख छन। यतिवेला सिनेटरहरू संगको फेसवुके फोटो सेसेनले भित्ताहरू रंगिएका छन। सॉच्ची नै अभियन्ताहरूलाई होली आएको छ।

उता, नेपाली जनताको आधिकारिक ज़िम्मेवार निकाय नेपाल सरकार टिपिएस नविकरणमा मौन देखिएको छ, परराष्ट्र मन्त्रालय समेत सकारात्मक नभएको वताईन्छ। अमेरिकामा रहेका आफ्ना ९ हजार हाराहारीका नागरिकहरूका लागी टिपिएस नविकरण गराई पाउन भूकम्प पश्चातको नेपालको अवस्थालाई कसरी प्रष्टयाउने, कस्तो आधिकारिक कारण देखाउने जस्ता जटिलताले नेपाल सरकार दोधारमा रहेको वुझिएको छ।

उच्च शिक्षा लिदै गरेकाहरूलाई टिपिएस सुविधा फायदाजनक देखिन्छ तर अन्तमा उनीहरू यतै फस्ने सम्भावनाले नेपाल सरकार चिन्तित देखिएको हुन सक्छ, अरू तपशिलकाहरूलाई पेट पाल्दै ठिक हुन्छ र नेपालमा सुको रेमिट्यान्स भित्रीने अवस्था छैन भन्ने तर्क पनि हुन सक्छ। उता नेपालका भूकम्प पिडितहरु भन्छन, हामी पो हो बास्तविक पिडित, अमेरिकामा गएकाहरु हुने खाने नै हुन्, उनीहरु बास्तविक पिडित हुँदै होईनन ।

टिपीएस नविकरण हुने सम्भावना

टिपिएसको म्याद थप्नु पूर्व अमेरिकि सरकारले आफ्नो नेपाल स्थित राजदुतावासको राय लिने पक्का छ । त्यस्तै नेपाल स्थित अमेरिकि राजदुतावासले नेपाल सरकार सँग पनि राय लिने छ । यस अवस्थामा नेपालको बर्तमान अवस्थालाई मध्यनजर गरी नेपालले टिपिएस नविकरणका लागी लिखित आधारहरु पेश गर्न सक्ने छैन तर कुटनितिकरुपले नविकरणका लागी अनुरोध गर्ने अनुमान गर्न सकिन्छ । यस कार्यका लागी अमेरिका स्थित नेपाली राजदुतावासलाई परिचालन गर्न सक्ने अनुमान गरिदै छ । अर्का तर्फ, अमेरिकी सरकारले बिगतमा अन्य मूलुकका नागरीकहरुलाई  टिपिएस नविकरण गरेको नजिर लाई हेर्दा यसपाली नेपाललाई पून टिपियस नविकरण गर्न सक्ने सम्भावना पनि देखिएको छ ।

टिपिएस नविकरण पछीका चुनौतीहरु

pतर टिपिएस नविकरण भए  पस्चातको अवस्था के हुने, अबको म्याद पनि सकिएपछी कसरी फर्काउने, लुकेर बसे भने को जवाफदेही हुने, मर्दा पर्दा कसले सहयोग गर्ने आदी जस्ता दिर्घकालिन चिन्तन र  योजनाहरुमा अमेरिका स्थित नेपाली राजदुतावास ,  एनआरएन लगायतका अन्य सामाजिक अभियन्ताहरूको ध्यान पुग्न सकेको छैन । त्यस्तै , अल्पकालिन फायदाका लागी आफ्नो स्वाभिमानलाई बन्धकी राखेर पाईने सुबिधाले कालान्तरमा स्थाई रुपले बसोबास गर्दै आएका अन्य लाखौ नेपालीहरुलाई समेत प्रभाव पार्न सक्ने तर्फ कसैको ध्यान जान सकेको छैन । नेपालको बर्तमान अवस्था र प्राप्त गर्दै गरेको उपलब्धीहरुलाई आधार मान्ने हो भने अमेरिकाका सामाजिक सस्थाहरुमा काम गरेर देखाउने होडवाजी र पेशागत फायदाले गाजेको समूहको यो रोदन नेपाल र नेपालीको स्वाभिमान बिपरित पो हुने हो कि ?

Source : Setopati

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com