प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीसहित २४ जना कारागारभित्रै अनशनमा


प्रकाशित मिति : फाल्गुन २०, २०७४ आईतबार

टिकापुरको घटनाका मुख्य आरोपी रेशमलाल चौधरीसहित २४ जना आज साँझदेखि कारागारभित्रै अनशनमा बसेका छन् ।

कैलाली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीसहित टीकापुर घटनालगत्तै प्रहरीले पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका २४ जना विभिन्न माग राख्दै अनशनमा बसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराले जानकारी दिनुभयो ।

अनशनमा बसेका सबै बन्दी टीकापुर काण्डका आरोपित हुन् ।

उनीहरुले प्रतिनिधि सभामा विजयी चौधरीलाई निर्वाचित भएको प्रमाणपत्र दिइनुपर्ने, संसदमा शपथ खान पाउनुपर्ने, टिकापुर घटनाका आरोपी २६ जनालाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने र थरुहट संघर्ष समितिले राखेका माग पुरा गर्नुपर्ने लगायतका माग राखी अनशनमा बसेको प्रवक्ता बोहराले बताउनुभयो ।

घटना भएको झण्डै ३० महिनापछि यही फागुन १४ गते कैलाली जिल्ला अदालतमा उपस्थित (आत्मसमर्पण) गरेका टीकापुरकाण्डका मुख्य आरोपी चौधरी घटनालगत्तै फरार रहेका थिए । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com