लामो समय देखि रोगले च्यापेको ४ वर्षीय कृष्टिना सुनुवार यो संसार बाट बिदा


प्रकाशित मिति : फाल्गुन २०, २०७४ आईतबार

लामो समय देखि रोगले च्यापेको ४ वर्षीय कृष्टिना सुनुवार अन्तत, यो संसार बाट बिदा भएकी छिन् | ओखलढुंगा लिखु गाउपालिका ८ वाच्पु निवासी श्री नीर कुमार रुपाच सुनुवारका ४ बर्षिय छोरी कृष्टिना सुनुवारलाई रक्त क्यान्सर लामो समय देखि पिडित थिईन् |

आर्थिक अवस्था कमजोर भएका परिवारले क्यान्सर पिडित बालिकाको उपचारका लागी सहयोग गरि छोरीको ज्यान बचाई दिन आग्रह समेत गरेका थिए |

सोहि अनुसार विश्वभरबाट आर्थिक सहयोग समेत जुटिरहेको थियो दिल्लीमा उपचार पश्चात आज मात्र नेपाल फिर्ता भएकी ४ वर्षीय कृष्टिना सुनुवारको निधन भएको छ! विश्वभरबाट आर्थिक सहयोग जुटाई उपचारको निमित्त भारत लगिएको तर उपचार सफल नभए पछी उनलाई नेपाल फिर्ता पठाइएको थियो ।

उपचारको क्रममै क्रिष्टिनालाई निमोनिया भएको परिवार स्रोतले जनाएका थिए । धेरै प्रयासका बाबजुद पनि डाक्टरले अब केहि गर्न नसक्ने भनेर नेपाल फिर्ता पठाएको थियो । क्रिष्टिनालाई एम्बुलेन्स मै दिल्लीबाट नेपाल ल्याइएको थियो!केहि समय अगाडी मात्र क्रिष्टिना सुनुवार बचाउ अभियानका अभियानता किशोर सुनुवारले क्रिष्टिना यो संसारमा नरहेको दुखद खबर बताएका थिए

Image may contain: one or more people and people sleeping

Image may contain: 1 person, food

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com