सुन तस्करीको विषयमा लेनदेन नमिलेपछि हत्या,गाडीको डिकी भित्र शव फेला


प्रकाशित मिति : १९ फाल्गुन २०७४, शनिबार

मोरङ उर्लाबारीका सनम शाक्यको अपहरणपछि हत्या गरिएको रहस्य खुलेको छ ।

प्रहरीले घटनामा संलग्न अभियुक्त पक्राउ गरेपछि उक्त तथ्य सार्वजनिक भएको हो ।

शाक्यलाई सुन तस्करीको विषयमा लेनदेन नमिलेपछि सिरहाको अज्ञात स्थलमा लगेर कुटपिटपछि बन्धक बनाएर हत्या गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

महाशाखाले घटना अनुसन्धानको लागि डीएसपी प्रजित केसीको कमाण्डमा टोली खटाएको थियो ।

फागुन १५ गते शाक्य अपहरणमा परेका थिए । प्रहरी टोलीले शनिबार मोरङ विराटनगरस्थित पोखरिया कन्या मार्गमा टेकराज मल्लले चलाएको बा १२ च ५९६३ नम्बरको स्कोरपियो गाडीको डिकी भित्र शाक्यको शव फेला पारेको छ ।

शाक्यको हत्या गरी गाडीको डिकी भित्र तौलिया, म्याट्रेस र त्रिपालले बेरी लुकाएको अवस्थामा प्रहरीले शव फेला पारेको जानकारी डीएसपी केसीले दिए ।

प्रहरीले घटनामा संलग्न काभ्रेका टेकराज मल्ल, मोरङ उर्लाबारीका कृष्ण भन्ने नरेन्द्र कार्की र मोहन काफ्लेलाई पक्राउ गरेको छ ।

उनीहरुलाई थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङ बुझाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com