फोहोर गर्नेलाई अव ३ महिनासम्म जेल


प्रकाशित मिति : फाल्गुन १८, २०७४ शुक्रबार

मन्त्रिपरिषद् बैठकले प्रदेशलाई फोहोरमुक्त बनाउने निर्णय गरेको छ ।

सरसफाई अभियान थालेर फोहोरमुक्त बनाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन् मन्त्री प्रकाश शाहले बताएका छन् ।

प्रदे्शको ७ को अस्थायी राजधानी धनगढी, कैलालीका अन्य स्थान र ८ जिल्लामा सरसफाई अभियान गरेर फोहोरमुक्त बनाउने निर्णय गरेको हो ।आजको नागरिकमा यो खबर छ ।

फोहोर गर्ने र निश्चि स्थानमा फाल्न अटेर गर्नेलाई ३ महिनासम्म प्रजिअले जेल हाल्न सक्ने प्रावधानलाई लागु गरिने उनको भनाई छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com