किशोरीको भोक हड्तालले बनायो शौचालय


प्रकाशित मिति : फाल्गुन १७, २०७४ बिहीबार

१३ वर्षीया किशोरीले घरमा शौचालय निर्माण गर्न दबाब स्वरुप दुई दिनसम्म भोक हड्ताल गरिन् । यही दबाबको कारण उनको घरमा शौचालय तयार भयो ।

यो घटना भारतको कर्नाटक राज्यको बल्लारी जिल्लाको सिरुगुपा गाउँको हो । कक्षा ७ मा अध्ययनरत एच महाकाली नाम गरेकी एक किशोरी ग्राम पञ्चायतले सचेतना प्रवाह गर्न आयोजना गरेको एक कार्यक्रममा सहभागी भइन् । त्यहाँ उनले शौचालयको महत्वका बारेमा जान्ने मौका पाइन् । उक्त कुराले उनलाई उत्साहित बनायो र यो कदम चालिन् । अहिले उनी उक्त गाउँको प्रेरणको रुपमा चिनिन्छन् ।

करिब दुई वर्षदेखि उनको परिवारलाई शौचालय निर्माण गर्न अनुरोध गरिएको हो तर उनको परिवारले शौचालय बनाएका थिएनन् । यहि फेब्रुअरी महिनाको पहिलो हप्तामा महाकाली जागरण कार्यक्रममा सहभागी भइन् । त्यसपछि उनले शौचालय नबन्दासम्म भोक हड्ताल गर्ने निर्णयमा पुगिन् ।

जबसम्म बुवा–आमाले शौचालय निर्माण गर्ने प्रतिवद्धता जहेर गरेनन् तबसम्म उनी पानी समेत नपिई बसिन् । बुवा–आमाले अनेक कुरा गरी उनलाई फकाउन खोजे तर उनले पूरा दुई दिन निलाहार बसिन् ।

उक्त कुरा गाउँ पञ्चायतसम्म पुग्यो र गाउँ पञ्चायतका सदस्यहरु तथा कर्मचारीहरुले उनलाई भोक हड्ताल बन्द गर्न अनुरोध गरे । तर उनी मानिनन् । अन्तमा बध्य भएर शौचालय निर्माण गर्न अधिकारीहरुले काम थाले । फेब्रुअरीको दास्रो हप्तामा उनको घर अगाडि शौचालय तयार भयो ।

उनका बुवा एच मल्लेशले भने, ‘हामीसँग राम्रो घर छैन । जब मेरी छोरीले खाना र पानी नै लिन अस्वीकार गरिन् तब मलाई लज्जा बोध भयो । मैले उनलाई फकाउन निकै कोशिश गरें । गाउँ पञ्चायतका अध्यक्ष, सचिव तथा अरु सदस्यहरु घरमा आउनुभयो, छोरीसँग कुरा गर्नु भयो र शौचालय निर्माणको काम पनि शुरु भयो । अहिले मानिसहरु उनको प्रतिवद्धताको प्रशंसा गरिरहन्छन् । मलाई गर्व महशुस भएको छ कि उनी रातारात गाउँको मोडल बनिन् ।’

गाउँ पञ्चायतका अध्यक्ष राजगोपाल रेड्डी भन्छन्, ‘जब मैले महाकलीको मागको बरेमा थाहा पाएँ, मैले सचिवलाई छलफलको लागि तुरुन्तै पठाइहालें । त्यसपछि हामी उनको घरमा गयाै‌ र ढिलो नगरिकन शौचालय निर्माणको काम थाल्यौं । जब काम शुरु भयो उनी खुशी हुँदै मुस्कुराईन् ।’

महाकली भन्छिन्, ‘विद्यालयमा आयोजना गरिएको शौचालय सम्बन्धी जगरण कार्यक्रमले मलाई प्रभावित पार्यो । धन्न अहिले मेरो माग पूरा भएको छ । अब गाउँका मनिसहरुले खुल्ला ठाउँमा दिसा गर्ने काम बन्द गर्नुपर्छ ।’

ती किशोरी अध्ययनरत विद्यालयकी एक शिक्षिका आफ्नो विद्यार्थीको उक्त कदमप्रति गर्व गर्छिन् । उनी भन्छिन्, ‘जब हामीले महाकालीले घरमा शौचालय निर्माण गर्न दबाब स्वरुप भोक हड्ताल गर्ने निर्णय गरिन् भन्ने सुन्याै‌ हामी अत्यन्तै हर्षित भयौं । यो कदमले उनलाई यो गाउँको राजदूत नै बनाइदिएको छ र गाउँलेहरुले उनको प्रशंसा समेत गर्न थालेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com