श्रीदेवीको मृत्यु ‘दुर्घटनावश पानीमा डुबेर


प्रकाशित मिति : फाल्गुन १४, २०७४ सोमबार

चर्चित भारतीय अभिनेत्री श्रीदेवी कपूरको मृत्यु दुर्घटनावश पानीमा डुबेर भएको दुबईमा गरिएको विधिविज्ञान परीक्षणमा देखिएको छ।

यसअघि उनको मृत्युको कारण हृदयाघात भएको बताइएको थियो।

सपरिवार एउटा विवाह समारोहमा सहभागी हुन दुबई गएको बेला शनिवार उनको मृत्यु भएको हो।

पाँच दशकको अवधिमा श्रीदेवीले झन्डै ३०० वटा चलचित्रमा अभिनय गरेकी थिइन्। तीमध्ये मिस्टर इन्डिया, चाँदनी, चालबाज र सदमा चर्चित छन्।

बलिवूडका हस्तिहरू, खेलकुदमा नाम कमाएका व्यक्तित्वहरू र शीर्षस्थ राजनीतिज्ञहरूले उनको मृत्युमा शोक व्यक्त गरेका थिए।

मृत्युको कारणसहितको विवरण दुबई प्रहरीले श्रीदेवीको परिवार र भारतीय वाणिज्यदूतलाई उपलब्ध गराएको ‘गल्फ न्यूज’ले जनाएको छ।

उनको शव सोमवार भारत लगिने अपेक्षा गरिएको थियो।

तर शवपरीक्षणको अन्तिम विवरण अझै आइसकेको छैन।

उक्त पत्रिकाका अनुसार श्रीदेवीको शव स्वदेश फर्काउन केही समय लाग्न सक्छ।

शवपरीक्षणको विवरणमा विषसँग सम्बन्धित परीक्षणका नतिजा पनि हुने अपेक्षा गरिएको छ।

हृदयाघातबारेको प्रारम्भिक विवरण र विधिविज्ञान विवरणमा देखिएको ‘दुर्घटनावश भएको डुबाइ’ को के सम्बन्ध हुनसक्छ त्यो पनि स्पष्ट हुने अपेक्षा गरिएको छ।

BBC News

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com