स्मार्टफोनको प्रयोगले गर्दा स्वास्थ्यमा आउने समस्याहरु यस्ता छन्


प्रकाशित मिति : फाल्गुन १४, २०७४ सोमबार

स्मार्टफोन अहिलेको आधुनिक समयमा मानिसहरुको सबैभन्दा प्यारो साथी हो । स्मार्टफोन चलाउने मानिसहरुमा नशा नै लागिसकेको छ । मानिसहरुलाई स्मार्टफोनको अभावमा समय काट्न पनि निकै गाह्रो हुने गर्दछ । स्मार्टफोनले मानिसको दैनिक जीवनलाई निकै सजिलो बनाइदिएको छ ।

तर स्मार्टफोनको बडी प्रयोगले गर्दा हरेक दिन मानिसको स्वास्थ्यमा विभिन्न खालका समस्याहरु देखापर्न थालेका छन् । यसले मानिसको जीवनमा ठुलो हामी पुर्याउने गर्छ ।
स्मार्टफोनको बडी प्रयोगले गर्दा मानिसमा देखापर्ने समस्याहरु यस्ता छन्

१) बहिरोपन : स्मार्टफोनको मद्धतले मानिसहरु चर्को स्वरमा हेड़फोन लगाएर गित सुन्ने गर्छन् । यसले मानसिको कानको जालीमा असर पुर्याउँछ । यसको ठुलो ध्वनीले कानको जाली बिस्तारै कम्जोर हुँदै जान्छ र मान्छे कान सुन्नै छाड्ने गर्छन् ।

२) अन्धोपन : राति बडी स्मार्टफोन प्रयोग गर्नाले यसको चर्को उज्यालो हाम्रो आँखालाई कम्जोर्ट बनाउँछ । यसले आँखाको दृस्टी कम्जोर बनाउँछ । यसले गर्दा मानिसको आँखाले काम गर्न छाड्छ र उनीहरु अन्धो हुने गर्छन् ।

३) नपुंसकता : स्मार्टफोनको रेडिएसनले पुरुषको टेस्टिस र अक्सिटोसिन हर्मोनलाई क्षति पु–याउँछ । अनि महिलामा रेडिएसले पिसाबको संक्रमण र गर्भाशय क्यान्सर पनि गराउँछ ।

४) झर्कोफर्को : स्मार्टफोनमा झुण्डिएका मानिसले परिवारसँग समय बिताउँदैनन् । स्मार्टफोन खेलाइरहँदा उनीहरूलाई अर्को काम अह्राइयो भने उनीहरू रिसाएर झर्किन थाल्छन् । स्मार्टफोनको लत लागेमा स्वभाव पनि झर्कोफर्को गर्ने खालको हुँदै जान्छ ।

५) क्यान्सर र मुटुरोग : स्मार्टफोनबाट निस्कने खतरनाक रेडिएसनका कारण क्यान्सर तथा मुटुरोग हुन सक्छ । स्मार्टफोन आएदेखि हृदयघातको दर बढेको समेत पत्ता लागेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com