जुत्ता सिलाएर राजधानीमा पक्की घर


प्रकाशित मिति : फाल्गुन १४, २०७४ सोमबार

जुम्लाका नन्दे सार्कीको दैनिकी जुत्ता सिलाएर बित्छ । यो उनको पुख्र्यौली पेसा नै हो । तर, पुख्र्यौली पेसालाई व्यावसायिक बनाउँदा आम्दानीको गतिलो स्रोत बन्यो । कुनै बेला घर खर्च चलाउन र चाडपर्व मनाउन साहुको घरदैलो गुर्हानु पर्ने उनको तीतो यथार्थ थियो । जुता सिलाउने उनको पुख्र्यौली पेशा भएकाले पनि उसलाई व्यावसायिकता बनाउन र जोगाउन निरन्तर लागि परेको उनको अनुभव छ ।
नन्देले जुत्ता सिलाउन थालेको अहिले १५ वर्ष बित्यो । डेढ दशकको अवधिमा उनले यही कमाइबाट घर खर्च, छोराछोरीको पढाइ खर्च, लुगाफाटो मात्रै होइन, प्रदेश नं. ६ को राजधानी सुर्खेतमा पक्की घरसमेत बनाइसकेका छन् भने, सबै खर्च कटाएर मासिक रूपमा झण्डै ४० हजार बढी रुपैयाँ आम्दानी हुने गरेको छ ।

“दशैं तिहारका बेला अर्डर धेरै आउने भएकाले त्यतिबेला झण्डै मासिक ६० हजारमसेत कमाइ हुन्छ,” उनले भने, “एकजोर जुत्ता बराबर झण्डै ३५ सयदेखि ४५ सयसम्म पर्छ ।” जुम्लाको चन्दननाथ नगरपालिका–५ मा अहिले उनको अस्थायी बसोबास छ । जुत्ता सिलाइको कमाइबाट बनाएरको घरमा अहिले छोराछोरी बस्छन् भने उनी र श्रीमती जुम्लामा बसेर जुत्ता सिलाइ पेशालाई अझ व्यावसायिकता बनाउँदै गएका छन् ।

नयाँ जुत्ता पनि बनाउँछन् उनी
भगवती गाँउपालिका–६ दैलेखमा जन्मेका उनले जुत्ता सिलाइ व्यवसाय सीधै जुम्लाबाट सुरु गरेका भने होइनन् । ०५५ मा कालिकोट जिल्लाबाट यो व्यवसाय सुरु गरेका उनी जुम्लामा ०५८ मा छिरेका हुन् । कालिकोट छँदा उनको व्यवसाय सामान्य नै थियो । तर जुम्ला छिरेपछि फाटेका जुत्तालाई सिलाउने मात्र नभई जुम्लामै पहिलो पटक ग्राहकका डिजाइनअनुसार जुत्ता बनाएर बिक्री भइरहेको उनको भनाइ छ । सरकारीदेखि गैरसकारी कार्यालयका कर्मचारी जुत्ता बनाउन डिजाइन दिने र सोहीअनुसार ढिलोमा २ दिनभित्र जुत्ता बनाई सक्ने उनले सुनाए । अरु बेलाभन्दा दशैं तिहारका बेला नयाँ जुत्ता बनाउने अर्डर भ्यानभ्याई आउने, तर समयले भ्याए जति बनाउने उनले बताए ।
जुत्ता बनाउने विभिन्न कच्चा पदार्थ बाहिर जिल्लाबाट ल्याउँदा निकै समस्या हुने र महँगो पर्न जाँदा कोही सेवाग्राहीले मर्म नबुझ्ने गुनासो छ उनको । उनले विभिन्न छाला तथा लेदरका जुत्ता छिटोछरितो भनेकै समयमा बनाइदिँदा व्यापार फस्टाएको छ ।

जुत्ता सिलाइबाटै सन्तुष्टी
सुरुसुरुमा त जुत्ता सिलाइ पेसा नगर्न र अरु व्यवसाय रोज्न सबै परिवारले दबाब दिन्थे र आफैं पनि सन्तुष्ट नभएको उनले बताए । सबैले हेय भावले हेर्थे, कमाइ पनि खासै राम्रो थिएन । व्यवसाय विस्तारै फस्टाउँदै गयो । अहिले सुर्खेतमा पक्की घर बनाइसकेको छु । उनले थपे पुख्र्यौली कामलाई व्यावसायिक बनाएर सफल बन्न सकेकोमा आफैंलाई गर्व लाग्छ । ऊ बेला जुत्ता सिलाउने पेशा छोड्न दबाब दिने परिवार अहिले सकेजति सहयोग गर्छन् ।
दुई छोरा र दुई छोरीसहित ६ जना परिवारको जीविकोपार्जन र अध्ययन उनकै कमाइबाट चलेको छ । जुत्ता सिलाइकै आर्जनबाट छोराछोरीलाई उच्चशिक्षा अध्ययन गराएका छन् नन्दे सार्कीले । “जेठो छोरो हेल्थ असिस्टेन्ट तेस्रो वर्षमा पढिरहेको छ, एउटी छोरी आईएसी एजी अध्ययन गरिरहेकी छन,” उनले भने । जुत्ता सिलाएरै सबै परिवारको चित्त बुझाउन सकेको छु । अझ त त्योभन्दा ठूलो आमग्राहक वर्गको मन जित्न पनि सफल भएकोमा आफूलाई निकै भाग्यमानी ठानेका छन् नन्दे सार्कीले । विदेशमा गएर आफ्नो पसिना बगाउनुभन्दा स्वदेशमै बसेर कुनै पनि व्यवसाय गरेर निरन्तरता दिए सफल्ता मिल्ने उनको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सागर परियार

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com