भैंसी पालेरै मासिक डेढ लाख


प्रकाशित मिति : फाल्गुन १४, २०७४ सोमबार

रामपुर–६ विजयपुरका एक कृषक भैंसीपालनबाट मासिक डेढ लाख कमाउँछन् । स्थानीय कृषक कृष्ण अर्यालले २२ वटा भैंसीमार्फत दैनिक ९० लिटर दूध बिक्री गरेर मासिक एक लाख ६० हजार रुपैयाँभन्दा बढी आम्दानी गरेका हुन् । अर्याल श्रीकृष्ण उन्नत भैंसी विकास तथा बीउबिजन उत्पादन स्रोतकेन्द्र स्थापना गरी केन्द्रका प्रमुखसमेत हुन् ।

रामपुर–६ विजयपुरका एक कृषक भैंसीपालनबाट मासिक डेढ लाख कमाउँछन् । स्थानीय कृषक कृष्ण अर्यालले २२ वटा भैंसीमार्फत दैनिक ९० लिटर दूध बिक्री गरेर मासिक एक लाख ६० हजार रुपैयाँभन्दा बढी आम्दानी गरेका हुन् । अर्याल श्रीकृष्ण उन्नत भैंसी विकास तथा बीउबिजन उत्पादन स्रोतकेन्द्र स्थापना गरी केन्द्रका प्रमुखसमेत हुन् । १० वर्षदेखि व्यावसायिक रूपमा पशुपालनमा लागेका अर्याललाई बजारको समेत कुनै चिन्ता छैन । उनले अहिले २२ वटा भैंसी र ३ गाई पालेका छन् ।

गोठमा रहेका भैंसीबाट आउने दैनिक ९० लिटर दूध प्रतिलिटर ६५ रुपियाँमा रामपुर बजारमा बिक्री गर्दै आएको अर्यालले जानकारी दिए । दैनिक ९० लिटर दूध स्थानीय रामपुर बजारमै बिक्री भएको, र यसले गर्दा आम्दानी पनि राम्रै भएको उनको भनाइ छ । उनले आफ्नो फार्ममा दूध बिक्रीबाट भएको आम्दानीले थप भैंसी थप्ने योजना रहेको बताए । गाईको दूधभन्दा बढी मूल्य पर्ने भएपछि आचार्य व्यावसायिक भैंसी पालनमा लागेका हुन् ।

भैंसीपालनका लागि सीताकुण्ड दुग्ध सहकारी संस्था रामपुरले सहुलियत दरमा ऋण, भैंसी तथा गाईको बिमा, घाँस तथा बीउमा सहयोग गर्दै आएको छ । दुग्ध सहकारी संस्थाको ऋण तथा अन्य कार्यमा भएको सहयोगले पनि आफू उत्साहित भएर भैंसीपालनमा लागेको उनले बताए । पछिल्लो समयमा भैंसी पाल्ने प्रचलन हराउँदै गएको र दूध अभाव हटाउन भैंसीपालन गरेर दूध उत्पादनमा जोड दिनुभएका अर्यालले मुर्रा जातको भैंसीबाट राम्रो फाइदा लिएको बताए । घाँस र पानीको समस्या नभएपछि रामपुरमा भैंसीपालनबाट आफूले मासिक डेढ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सकेको उनले बताए ।

“भैंसी र गाईका लागि आवश्यक जैँ र बर्सिम घाँस व्यवस्थापनका लागि ५० रोपनी जग्गा भाडामा लिएर घाँस खेती गरेको छु,” अर्यालले भने, “भैंसीपालनमा आफूलाई श्रीमति र भाईले सघाउँदै आएकाले सहज भएको छ ।” उनले युरोपको खाडीमा जानुभन्दा स्वदेशमै केही गरौं भन्ने भावले परिवारकोृ साथले सफल व्यवसायी बनाएको बताए । युवा विदेशजानुभन्दा स्वदेशमै पशुपालन र कृषि पेशा गर्न आचार्यको सुझाव छ ।
कृषकले कर्मचारीलाई संचयकोष कृषक अर्यालले आफ्नो पशु फर्ममा एक जना कर्मचारीलाई पेन्सन सुविधा दिने उद्देश्यका साथ सञ्चय कोषसमेत स्थापना गरेका छन् ।

आफ्नो घरमा भैंसीको स्याहारसुसार गर्ने तथा अन्य काममा सहयोग गर्ने कर्मचारी वीरबहादुर रामजालीको नाममा संचयकोष स्थापना गरेको कृषक अर्यालले बताए । खाना र बस्नको व्यवस्था गरेर मासिक दश हजार रुपियाँ तलब बुभेका रामजालीको नाममा मासिक थप २ हजार सञ्चयकोषमा रकम जम्मा गरिदिएको कृषक अर्यालले बताए । आफूले भैंसी फममा काम गर्न थालेको पाँच वर्ष बितिसकेको भन्दै फर्मका कर्मचारी रामजालीले दुई महिनाअघिदेखि आफ्नो नाममा मासिक दुई हजार रुपियाँ संचयकोषमा जम्मा हुँदा खुसी लागेको बताए ।

पार्टीको नामबाट भैंसीको नामाकरणपक्कै पनि काँग्रेस, एमाले, माओवादी, जनमोर्चा, फोरम नेपालका राजनीतिक पार्टीका नाम हुन् । तर, अर्यालले भैंसीको नाम नै राजनीतिक दलको नामबाट राखेका छन् । उनी आफ्ना भैंसीलाई काँग्रेस, एमाले, माओवादी, जनमोर्चा, फोरमलगायतका नामले बोलाउँछन् । फर्म र भैंसीको पहिचान र विशेषता बुझ्नको लागि राजनीतिक नाम दिएको बताउँदै एमालेनामक भैंसी शान्त, काँग्रेसनामक उदण्ड, माओवादीनामक भद्र र फोरम नामक भैंसीले सबैभन्दा बढी दूध दिने उनले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com