Follow @khasokhasmag

दाउरा प्रहार गरेर सम्धीको हत्या


प्रकाशित मिति : फाल्गुन १३, २०७४ आईतबार

रुकुम पश्चिममा एकजनाले आफ्नै सम्धीलाई दाउरा प्रहार गरेर हत्या गरेका छन् ।

त्रिवेणी गाउँपालिका–५ झुल्काडाँगीका ४३ वर्षका खलवीर डाँगीले आफ्नै सम्धी सोही ठाउँका ५५ वर्षका टीकाराम ओलीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यही फागुन ९ गते साँझ दुई जनाबीच सामान्य विवाद हुँदा डाँगीले ओलीको टाउकामा दाउरा प्रहार गरेको प्रहरीको भनाइ छ । दाउरा प्रहारबाट गम्भीर घाइते भएका ओलीको उपचारका लागि मेडिकल कलेज, कोहलपुर लगिएको थियो ।

उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सुरेन्द्रकुमार स्वाँरले जानकारी दिनुभयो । दाउरा प्रहार गर्ने डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com