प्रतिनिधिसभामा यादव र राष्ट्रियसभामा भट्टले शपथ गराउने


प्रकाशित मिति : फाल्गुन १३, २०७४ आईतबार

सघीय संसद्का नवनिर्वाचित सदस्यको यही फागुन २० गते आइतबार शपथ हुने भएको छ ।

संघीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभा सदस्यले अपराह्न ४ तथा राष्ट्रियसभा सदस्यले साँझ ५ बजे पद तथा गोपनीयताको शपथ लिनु हुनेछ ।

राष्ट्रिय जनता पार्टीका तर्फबाट सर्लाही क्षेत्र नं २ बाट निर्वाचित ८० वर्षीय ज्येष्ठ सदस्य महेन्द्र राय यादवले प्रतिनिधिसभाका सदस्यलाई शपथ गराउनुहुनेछ । संविधानका विषयमा फरक मत राख्दै आएको राजपाका अध्यक्ष मण्डलका सदस्यसमेत रहनुभएका ज्येष्ठ सदस्य यादवलाई प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता गर्ने अवसर प्राप्त भएको छ ।

प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ११० सदस्य रहेको प्रतिनिधिसभा संघीय संसद्को तल्लो सदनका रुपमा रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै, नेपाली काँग्रेसका तर्फबाट निर्वाचित ६९ वर्षीया ज्येष्ठ सदस्य तारादेवी भट्टले राष्ट्रियसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनु हुनेछ । नेपाली काँग्रेस प्रतिनिधिसभा तथा राष्ट्रियसभामा प्रमुख प्रतिपक्षका रुपमा रहनेछ ।

माथिल्लो सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ जनाका हिसाबले ५६ र सरकारको सिफारिशमा राष्ट्रपतिबाट तीनजना मनोनयन गर्ने संवैधानिक व्यवस्था छ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट दुवै सदनका ज्येष्ठ सदस्यले शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

संघीय संसद्को पहिलो अधिवेशन राष्ट्रपति भण्डारीबाट यही फागुन २१ गते अपराह्न ४ बजेका लागि आह्वान भइसकेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका दुवै अधिवेशन सोही दिन एउटै समयमा सञ्चालन हुने संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र अध्यक्षको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । उक्त व्यवस्थाअनुरुप सदनको पहिलो बैठकले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको निर्वाचनको मिति तोक्ने र संसद् सञ्चालनका लागि कार्यविधि पारित गर्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको हुँदा राजनीतिक दलसँगको छलफलका आधारमा अघि बढाउनुपर्ने त्यस्ता विषयलाई टुंगोमा पु¥याइने प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

“राष्ट्रियसभा कक्षको माइक जडानको सामान्य कामबाहेक संघीय संसद्को पहिलो अधिवेशन, शपथ ग्रहण र त्यसपछिको बैठक बस्न आवश्यक सभाकक्ष निर्माणलगायत तयारी पूरा भइसकेको छ”, उहाँले भन्नुभयो ।

मुलुकमा पहिलो पटक संघीय संसद्को अभ्यास हुन लागेको हो । संघीय संसद्को बैठक प्रारम्भ भएसँगै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनमा महत्वपूर्ण चरण पार हुनेछ ।रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com