ओली र प्रचण्डलाई मन्त्री छान्न सकस, मन्त्रीहरुको औपचारिक टुंगो लाग्न सकेन


प्रकाशित मिति : फाल्गुन १३, २०७४ आईतबार

मन्त्रीका आकांक्षी बढेपछि दुवै पार्टीले अध्यक्षलाई नै छनोटको अधिकार दिएका छन् ।

दुवै दलले मन्त्री बनाउनेको रोस्टर तयार गरेको पारेका छन् । भौगोलिक, जातीय र लैंैगिकका आधारमा सबैलाई समेट्ने गरी मन्त्री छान्ने तयारी भइरहेको नेताहरूले बताएका छन् ।

एमालेमा मन्त्री बन्नेको दौडमा महासचिव ईश्वर पोख्रेल, उपाध्यक्ष भीम रावल, विष्णु पौडेल, सचिव प्रदिप ज्ञवाली, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, भानुभक्त ढकाललगायत नेताका नाम चर्चामा छन् ।

राष्ट्रियसभा सदस्यमा डा।युवराज खतिवडा मनोनित भएपछि उहाँलाई पनि भावी अर्थमन्त्रीका रुपमा हेरिएको छ ।

माओवादीबाट रामबहादुर थापा, वर्षमान पुन, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, बिना मगर, मातृका यादव, सुदन किराँती, अमलनलाल मोदी, देवेन्द्र पौडेललगायतको नाम मन्त्रीको चर्चामा छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com