१८ वर्षको उमेरमा तीन सन्तानकी आमा,सँगैका साथी स्कुल जादा उनि चाही विधवा


प्रकाशित मिति : फाल्गुन १३, २०७४ आईतबार

जगतबहादुर खड्का। बझाङ – कालो अक्षर नचिनेकै बेला ९ वर्षको उमेरमा छिमेकी गाउँका १२ वर्षीय केटासँग कल्पना बोहोराको मागी बिहा भयो। १४ वर्षको उमेरमा पहिलो सन्तानकी आमा बनेकी उनी अहिले १८ वर्षकी हुँदा तेस्रो सन्तानकी आमा बनेकी छिन् । आफूले नमाने पनि बाबुआमाका करले बिहा गरेको बताउने कल्पनाका साथमा अहिले तीन छोरी छन्।

आमाको उपचारका लागि ससर्त काढेको ऋणका कारण कल्पनालाई बालविवाहको मार खप्नुपर्‍यो। ‘म ६ महिनाकी थिएँ । बिरामी आमाको उपचारका लागि छिमेकी गाउँका एक व्यक्तिबाट १५ हजार नगद लिएर छोरी ठूली भएपछि बिहे गरिदिने सर्तमा बाबुले बिक्री गरेका थिए, ’ उनले भनिन्, ‘त्यसकारण सानैमा बिहा भयो ।’

१८ वर्षमा तीन सन्तानकी आमा बनिसकेकी उनलाई छोरा नजन्माएको भन्दै परिवारले नानाथरिका दुःख दिने गरेका छन् । श्रीमान् तेस्रो छोरी जन्मेको भोलिपल्ट भारत गए । त्यसयता परिवारले अझै बढी सास्ती दिन थालेकोे बुगल नगरपालिका–३ की कल्पनाको दुखेसो छ । छोरा नजन्माएकै कारण अहिले उनलाई घरनिकाला गरिएको छ । माइतीको सहारामा बस्दै आएकी उनलाई न्याय खोज्न जाने ठाउँबारे थाहा छैन । घरका सबैले किनेर ल्याएको र तेरो आमाको प्राण जोगाएको भन्दै कुटपिट गर्ने गरेको उनले बताइन्।

बालविवाहका कारण सास्ती भोग्ने कल्पना प्रतिनिधिपात्रमात्र हुन् । उनीजस्तै अनिता बोहराको पनि १२ वर्षको उमेरमा बिहा भयो । १५ वर्षको उमेरमा छोरा जन्मेपछि एक वर्ष नपुग्दै उनको श्रीमान् घाँस काटनेक्रममा भिरबाट लडेर बिते । श्रीमानकाे मृत्युपछि उनको जिन्दगी निकै कष्टकर बनेको छ । ‘१९ वर्षकी भएँ । सँगैका साथीसंगाती विद्यालयमा पढ्दैछन् । मचाहिँ बिधुवा भएँ,’ उनले भनिन्, ‘जीवन कसरी काट्ने भन्ने चिन्तामा छु । परिवारसँगै गाउँलेले पोइटोका भनेर हेला गरिरहेका छन्।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कक्षा ५ मा पढ्दै गर्दा चार वर्षअघि ६ कक्षामा पढ्ने गाउँकै केटासँग अनिताको बिहा भएको थियो । त्यतिबेला उनलाई बिहाको अर्थ थाहा थिएन । ‘रमाइलो गरे होलान् जस्तो लागेको थियो । स्कुल पढ्न पाउँछु भन्ने पनि थियो । पछि पतिको घरमा गएपछि मन भएर पनि विद्यालय छाड्नुप¥यो,’ उनले बताइन्।

यो गाउँमा १६ वर्ष नपुग्दै छोरीको बिहा गरिदिने चलन छ । बालविवाहका कारण गाउँका छोरीचेलीलाई बीचमै पढाइ छाडेर घरधन्दामा लाग्नुपर्ने बाध्यता छ । ‘घाँसदाउरा र चुलोचौकोमा नै दैनिकी बित्ने गरेको छ । संसार केही थाहा छैन,’ अनिताले भनिन्।

चुनावका बेला गाउँमा मत माग्न आएका सबै नेतालाई बालविवाह रोक्न पहल गरिदिन स्थानीय महिलाले अनुरोध गरेका थिए । तर, महिलाको यो मागप्रति नेताहरूले गम्भीर चासो लिएनन् । माघयता गाउँमा १३ बालिकाको उमेर नपुग्दै बिहा भएको छ । सबैको पन्चैबाजा बजाएरै बिहा भएको हो ।

महिलाका हकमा बिहाका लागि २० वर्ष पुगेको हुनुपर्ने कानुनी प्रावधान छ । तर, यसविपरीत हुने विवाहलाई रोक्न ठोस कदम कतैबाट चालेको पाइँदैन । महिला तथा बालबालिका कार्यालय बझाङ्गका प्रमुख लिला घलेले बालविवाहबारे पूर्वसूचना प्राप्त भए त्यसलाई रोक्न सकिने र बालविवाहको हकमा कानुनअनुसार दोषीलाई कार्बाही गराउन पहल गर्ने बताइन् । उनले भनिन्, ‘सदरमुकाम वरपरका गाउँमा बालविवाह पूर्ण रूपमा राकेका छौं । विकटका गाउँमा बालविवाहसँगै जारी प्रथा, धन प्रथा र जबर्जस्ती प्रथा कायम नै छ । यी प्रथा हटाउन अभिभावक, प्रशासन र स्थानीय राजनीतिक दल र निर्वाचित जनप्रतिनिधिले चासो लिनुपर्छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com