प्रदेश ४ मा स्वास्थ्यका ४२२ दरबन्दी रिक्त


प्रकाशित मिति : फाल्गुन १३, २०७४ आईतबार

प्रदेश ४ का ११ जिल्लामा नागरिकले स्वास्थ्य सेवा पाउने आधारभूत अधिकारमा असमानता पाइएको छ । कुनै जिल्लामा तोकिएको दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् भने कुनैमा दरबन्दीभन्दा निकै कम जनशक्ति कार्यरत छ ।

प्रदेशमा विशेषज्ञ डाक्टर, डाक्टर, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, अहेव र अनमीको दरबन्दी ३ हजार २५१ रहेकोमा ४२२ अर्थात् १३ प्रतिशत रिक्त रहेकोे छ ।

विशेषज्ञ डाक्टरको ४४ प्रतिशत दरबन्दी रिक्त छ । प्रदेशभरको स्वास्थ्य सेवाको वितरण पनि समान छैन । तनहुँमा तोकिएको दरबन्दीभन्दा धेरै स्वास्थ्यकर्मी कार्यरत छन् । अन्य जिल्लामा भने केही भएका दरबन्दी पनि रिक्त छन् ।

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा धेरै दरबन्दी रिक्त रहँदा नागरिकको स्वास्थ्यमा गम्भीर असर पर्ने अधिकारकर्मीको भनाइ छ ।

उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले कुनै जिल्लामा तोकिएको संख्याभन्दा बढीले सेवा दिने र कुनै जिल्लामा निकै कम जनशक्तिले सेवा दिँदा आधारभूत अधिकारमा समेत विभेद भइरहेको बताए ।

थप समाचारकालागी यहाँ क्लिक गर्नुहोला

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com