पार्टी एकता टुंगोमा पुर्‍याउन एमाले–पेरिसडाँडामा माओवादी बैठक


प्रकाशित मिति : फाल्गुन १२, २०७४ शनिबार

पार्टी एकतालाई टुङ्गोमा पुर्‍याउन एमाले माओवादी केन्द्रले गठन गरेका दुई कार्यदलले काम सुरु गरेका छन् । त्यसैक्रममा सांगठनिक तथा अन्तरिम विधान निर्माणका लागि गठन गरिएको कार्यदलको बैठक आज छ ।
माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलको बैठक बस्न लागेको हो । एमाले नेता रघुवीर महासेठका अनुसार आजको बैठक पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा दिउसो १ बजे बस्ने तय भएको थियो ।

कार्यदलमा माओवादी केन्द्रबाट बर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव र जनार्दन शर्मा सदस्य छन् भने एमालेबाट महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव गोकर्ण विष्ट नेताहरु सुरेन्द्रप्रसाद पाण्डे, वेदुराम भुसाल र महासेठ सदस्य छन् ।

७ फागुनमा एकताको आधार पत्रमा सहमति हुँदा एकतालाई अन्तिम टुङ्गोमा पुर्‍याउन दुई कार्यदल गठन गरेका थिए । तिनमा सांगठनिक व्यवस्थापन तथा विधान निर्माण सम्बन्धी कार्यदल र बैचारिक राजनीतिक प्रतिवेदन निर्माण सम्बन्धी कार्यदल थियो ।

दुबै कार्यदललाई विहीबार (१० फागुन) एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिनुका साथै संयोजक समेत तोकिएको थियो । आज बैठक बस्न लागेको कार्यदलको संयोजक माओवादी केन्द्रका बादल संयोजक तोकिए भने अर्को कार्यदलको संयोजक एमाले बरिष्ठ नेता माधव नेपाल तोकिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेता नेपाल नेतृत्वको कार्यदलमा एमालेबाट उपाध्यक्ष भीम रावल, सचिव प्रदीपज्ञवाली, नेता सुवास नेम्वाङ र रघुजी पन्त सदस्य छन् भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देवप्रसाद गुरुङ, शक्तिबहादुर बस्नेत, पम्फा भुसाल र देवेन्द्र पौडेल सदस्य रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com