साझा यातायातले ठूला विद्युतीय बस सञ्चालन गर्ने


प्रकाशित मिति : फाल्गुन १२, २०७४ शनिबार

 

फागुन १२, काठमाडौं । सार्वजनिक यातायातमा अर्को फड्को मार्ने गरी साझा यातायात ठूला विद्युतीय बस सञ्चालन गर्ने तयारीमा जुटेको छ । शहरी क्षेत्रमा सानाको साटो ठूला बस सञ्चालन गर्दै निजी क्षेत्रलाई प्रोत्साहित गरेको साझाले नै हो । र, अब विद्युतीय सार्वजनिक बस आयातको गृहकार्य थालेको छ ।

त्यसका लागि सरकारी निकाय, विभिन्न गैरसरकारी र व्यावसायिक क्षेत्रसँग छलफल थालिएको साझा यातायात सञ्चालक समिति सदस्य तथा वातावरणविद् भुषण तुलाधर बताउँछन् । उनका अनुसार अहिले चिनियाँ बस निर्माता कम्पनी बीवाईडीबाट दुई वटा विद्युतीय बस तत्काल ल्याएर सञ्चालन गर्नेबारे छलफल भइरहेको छ ।

त्यसमा चिनियाँ कम्पनी पनि इच्छुक देखिएको छ । ठोस सहमति जुटेमा साझाले केही महिनाभित्रै विद्युतीय बस भित्र्याउनेछ । ‘कम्तीमा सन् २०१८भित्र हामी २र४ वटा इलेक्ट्रिक बस ल्याउने योजनामा छौं । तर, लागत महँगो हुने भएकाले लगानी जुटाउन समस्या छ,’ तुलाधर भन्छन्, ‘तर पनि, विभिन्न विकल्पमा छलफल अगाडि बढेको छ । सरकारले तत्परता देखायो भने नेपाल छिट्टै इलेक्ट्रिक बसको युगमा प्रवेश गर्छ ।’

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com