छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाइते


प्रकाशित मिति : फाल्गुन १२, २०७४ शनिबार

फागुन १२, धादिङ । आज धादिङमा  भएका छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ९०७६ नम्बरको ट्रकले धादिङको गजुरी गाउँपालिकामा बा ८५ प ६२७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कर्णबहादुर गुरुङको मृत्यु भएको हो ।

यस्तै, चितवनबाट काठमाडौं आउँदै गरेको लु १ ख ९६१७ नम्बरको ट्रकले बेनिघाट रोराङ गाउँपालिकामा बा ८० प ९९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

घाइते बालविकास रावल र उमा सावदको मलेखुस्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com