न्युयोर्कमा ३० देशका कन्सुलेट जनरलमाझ नेपाली मम र सेलरोटी लोकप्रिय


प्रकाशित मिति : फाल्गुन ११, २०७४ शुक्रबार

न्युयोर्कमा गरिएको एउटा खाना महोत्सवमा सहभागीहरुले नेपाली खाना अत्याधिक रुचाएका छन् । उनीहरुले नेपाली मम र सेलरोटीका परिकारहरु रुचाएका हुन् । सहभागीहरुले नेपाली मम र सेलरोटीका परिकार अचार सहित निकै स्वादिलो मानेर खाएका थिए ।

महोत्सवमा न्युयोर्कमा रहेका विश्वका ३० देशका कन्सुलेट जनरलहरुका तर्फबाट सहभागीता रहेको थियो । कार्यक्रम न्युयोर्कमा रहेको कन्सुलेट जनरल अफ हंगेरीका तर्फबाट आयोजना गरिएको थियो । कार्यक्रममा ३० देशका खाना राखिनुका साथै संस्कृति झल्किने कार्यक्रम समेत गरिएको थियो ।

नेपालसहित मेक्सिको, कोलम्बिया, थाइल्याण्ड, बंगालादेश, सिंगापुर, रसिया लगायत विश्वभरका विभिन्न ३० देशका कन्सुलेट जनरल कार्यालयका प्रतिनिधिहरु सहभागी कार्यक्रममा नेपालका तर्फबाट महावाणिज्यदूत मधुकुमार मरासिनी लगायत उपमहावाणिज्यदूत पुष्पराज भट्टराई,वाणिज्यदूत कृसु क्षेत्री, पर्यटनदूत प्रदीप श्रेष्ठ लगायतको उपस्थीति रहेको थियो ।

यस्ता कार्यक्रममा नेपाली खानाको सहभागिताबाट विश्वमाझ नेपाली खानाको प्रवद्र्धनमा सहयोग पुग्ने महावाणिज्यदूत मधुकुमार मरासिनीले विश्वास व्यक्त गर्नुभयो । हरेक बर्ष हुने कार्यक्रममा आगामी बर्षदेखि नेपालको सांस्कृतिक प्रस्तुती समेत रहने उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रमका केही तस्विरहरु ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com