प्रहरीको खोजी सूचीमा रहेका मनोज पुन मारिए


प्रकाशित मिति : फाल्गुन ९, २०७४ बुधबार

नेपाल प्रहरीको सर्वाधिक खोजीमा रहेका भनिएका मनोज पुन प्रहरीसंगको मुठभेडमा बुधवार बिहान सबेरै पश्चिम नेपालस्थित उनकै गाउँ देवदहमा मारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रहरीका अनुसार विभिन्न व्यक्तिको हत्या लगायत अन्य आपराधिक गतिविधिमा संलग्न पुन करिब दुई वर्ष देखि फरार थिए।

प्रहरीले प्रत्याक्रमणमा पुन मारिएको बताए पनि करिब एक साता यता विभिन्न सामाजिक सञ्जालमा उनीबारे विभिन्न सूचनाहरु फैलिएको बुटवलस्थित बीबीसी सम्वाददाता माधव नेपाल बताउँछन्।

अभियोग

प्रहरीका अनुसार एक वर्ष अगाडी नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका रुपन्देही अध्यक्ष दुर्गा तिवारी र त्यसपछि गएको पुस मै अर्का एमाले कार्यकर्ता बलु पौडेलको हत्या अनि अन्य आपराधिक कृयाकलापमा मनोज पुनको संलग्नता रहेको बताइएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारतमा बसी नेपालमा आपराधिक कृयाकलाप संचालन गर्दै आएका भनिएका मनोज पुन सहितको टोली चार दिन अघि नेपाल प्रवेश गरेको सूचनाको आधारमा प्रहरीले खोज्दै जाँदा उनकै गाउँ देवदहमा भेटिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले बताए।

प्रहरीसंग भएको भिडन्तमा पुन संगै उनका एक सहयोगी बताईने सोमबहादुर आले पनि मारिएका छन्।

“हाम्रो केन्द्रीय अनुसन्धान ब्यूरोले पछ्याइरहेको थियो। ब्यूरोको सूचनाका आधारमा हामीले यहाँ सम्भाव्य ठाउँमा खोजी गर्‍यौं। भवानीपुर भन्ने ठाउँमा प्रहरीसंग मुठभेड भयो,” ज्ञवालीले भने।

शंका

भारतको गोवाबाट नेपाल प्रहरीले पुनलाई पक्राउ गरेको भन्ने जस्ता सूचनाहरु करिब एक सातादेखि नै विभिन्न सामाजिक संजालहरुमा आईरहेको अवस्थामा दोहोरो मुठभेडमा मारिएको भन्ने प्रहरीको भनाइ प्रति पनि सामाजिक सञ्जालमा आशंकायुक्त चर्चा भइरहेका छन्।

एकजना मानव अधिकारकर्मी महेन्द्र पाण्डे प्रहरीले आक्रमण गरेर प्रत्याक्रमणको नाम दिईएको हो भने, यो कानूनी राजको विपरित हुने बताउँछन्।

“राज्य त अभिभावक हो। राज्यले कसैलाई मार्न हुन्न र उसले कुनै अपराधीलाई छूट दिन पनि हुन्न। अपराधी र आरोपीहरुलाई जहाँबाट भए पनि खोजेर ल्याई कानूनको कठघरामा उभ्याउनुपर्छ,” पाण्डेले भने।

तर एसपी श्याम ज्ञवाली भने यस्ता आरोपको खण्डन गर्छन्।

उनी भन्छन्, “गोवामा पक्रियो भन्ने चर्चा छ। त्यो ठाउँ त टाढै छ। त्यहाँ पक्रिएको कुरा कसले जानकारी पायो? किनभने तथ्य त अर्कै छ। हामीले त जहाँ भेट्यौं त्यहीं भन्न पर्‍यो।”

मनोज पुनको जबर्जस्ती पैसा असुली र हत्याको धम्कीका कारण यस क्षेत्रका व्यवसायी लगायत कतिपय राजनितिककर्मीले पनि ठूलो त्रास खेप्दै आएको बताइन्थ्यो।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com