श्रीमान् र छोराले घरबाट निकालेपछि न्याय खोज्दै कौशिल्ला


प्रकाशित मिति : फाल्गुन ९, २०७४ बुधबार

फागुन ९ बझाङ, – छविसपाथीभेरा गाउँपालिका–३, घर भएकी कौशिल्ला उपाध्याय अहिले घरको न घाटको भएकी छन् । उनको न बस्ने बासस्थानको टुङ्गो छ, न त खाने कुराको नै । आफू मानसिक तनावले ग्रस्त भैसकेको झै लाग्छ कौशिल्लालाई ।

श्रीमान् र छोराछोरीले नै घरबाट निकालिदिएपछि उनको हरेक दिन न्याय खोज्दै हिँड्दा बित्ने गरेको छ । दिनपछि रात जान्छ, तर कोशिल्लाले भोगेको अन्याय अहिलेसम्म समाधान हुन सकेको छैन । अझ भनौं उनले गएको १० वर्षदेखि न्याय पाएकी छैनन् ।

‘माइत जाउँ भने दाइले घरमै लडेर खा, मर्नु परे त्यहीँ मर, भन्नुहुन्छ । घर बसौं भने श्रीमान्ले सधै कुटपीट गरेर घरमा बसी खाने अवस्था छैन’, कौशिल्ला आफ्नो पीडा सुनाउँछिन । आफूलाई श्रीमान् छोराछोरीसँगै घरमा बसेर खाने व्यवस्था गरिदिनुपर्यो भनेर कौशिल्ला गएको १० महिनादेखि अदालत धाइरहेकी छन् ।

आफूले न्यायका लागि ४ वर्ष अघिदेखि प्रहरीमा उजुरी दिएको भए पनि न्याय नपाएको उनी बताउँछिन् । गएको वर्ष कौशिल्लाका श्रीमान्ले अर्की श्रीमती ल्याएपछि उनी झनै अप्ठ्यारोमा परेकी छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘४ पटक न्यायका लगि म प्रहरीकहाँ आएँ’, चैनपुरमा वकिलहरुसँग भेट्न आएकी कौशिल्लाले भनिन्, ‘प्रहरीको अगाडि अब कुटपीट गर्दिन भनेर माफी माग्ने श्रीमान्ले घरमा गएर झनै दुःख दिने गर्नुहुन्थ्यो । अहिले त अर्की श्रीमती ल्याएपछि बाध्य भएर न्याय खोज्न जिल्ला आएकी हुँ ।’

कौशिल्याको १३ वर्षको उमेरमा नै विवाह भएको थियो । ‘श्रीमानले बुवाआमालाई तराईमा घर छ भन्नु भएको थियो, तर उहाँको घर नै रहेनछ’, कौशिल्याले भनिन्, ‘त्यो त सबै झुक्याएको रहेछ ।’

‘श्रीमान्ले तीन महिनासम्म अर्की श्रीमती घरमा ल्याउँदा पनि म सहेरै बसेकी थिएँ’, कोशिल्याले भनिन ‘पछि त छोराहरुले नै मलाई घरबाट निकालिदिएपछि बासस्थान र खानको नै समस्या भएको छ ।’ गएको जेठ महिनामा घरेलु हिंसा र बहु–विवाहको मुद्दा दर्ता गरेकी कौशिल्याको अदालतमा मुद्दा चलिरहेको छ ।

श्रीमान्ले घरबाट निकालेपछि अदालत आएकी कौशिल्लालाई अदालतमा मुद्दा दर्ता गर्न पनि वकिलले पैसा मागेपछि न्याय नपाइने हो कि भन्ने लागेको छ । ‘पाइएन न्याय प्रहरीको असहयोग, वकिलले मुद्दा लेखेको मात्र ५ हजार लियो’, कौशिल्लाले भनिन्, ‘खानबस्नको त ठेगान छैन कसरी पाउने न्याय ।’

‘उनका श्रीमान्ले पनि गाउँपालिकामा सम्बन्धबिच्छेद गरी पाउँँ भनेर निवेदन दिएका रहेछन्, वकिल वीरबहादुर जाग्रीले भने, ‘यिनका बुढाबुढीको के भएको हो बुझ्नै सकिँदैन ।’ कौशिल्लाका जेठो छोरा १० कक्षामा पढ्छन् भने कान्छो छोरा ४ कक्षामा पढ्छन् ।

छोराहरुले पनि बुवाको कुरा सुनेर आफूसँग बोलचाल बन्द गरेको उनी बताउँछिन् । घरपरिवारको पीडाले आफूलाई धैरै मानसिक तनाव दिएको उनको भनाइ छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com