आज बिहान काठमाडौँमा भूकम्पको धक्का महसुस


प्रकाशित मिति : फाल्गुन ९, २०७४ बुधबार

फागुन ९, काठमाडौं । बुधबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

बिहान २ बजेर २३ मिनेट जाँदा डल्लु आसपास केन्द्रविन्दु भएर ३.६ रिक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

खानी तथा भूगर्भ विभागले यो नयाँ भूकम्प नभएर ‘गोरखा भूकम्प’को परकम्प जनाएको छ ।

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि हालसम्म ४ रिक्टरभन्दा माथिका ४८९ परकम्प गएका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com