प्रदेश सरकारको बिचल्ली भुुइमा बसेर काम गर्दै !


प्रकाशित मिति : फाल्गुन ८, २०७४ मंगलबार

।प्रदेश ६ को भौतिक पूर्वाधार विकास मन्त्रालयका नायव सुब्बा भुईंमा बसेर काम गरिरहेका छन् । उनी रहरले त्यहाँ बसेका भने होइनन् ।

मन्त्रालयमा बस्ने कुर्सी समेत नभएका कारण उनले कार्पेटमा बसेर भए पनि काम गरेका हुन् ।

क्षेत्रीय खानेपानी तथा सुपरीवेक्षणको भवनमा भौतिक पूर्वाधार विकास मन्त्रालय खडा गरिएको छ मन्त्रीको कार्यकक्ष बाहेक अन्यत्र कार्पेट मात्र छ ।

मन्त्रालयको हालत देखेर मन्त्री खड्ग खत्री छक्क परे । मन्त्रालय भवनको झ्याल-ढोका पनि फुटेका छन् । कर्मचारीहरु पनि अझैसम्म आइपुगेका छैनन् ।

जम्मा दुई जना कर्मचारी भेटिए । नायव सुब्बा र लेखामा एक जना कर्मचारी मात्र थिए । नायव सुब्बा भईंमै बसेर काम गरिरहेका थिए भने लेखा शाखा बाहेकका अन्य कर्मचारीको कार्यकक्षमा कुनै फर्निचर पनि थिएन ।

थप समाचारको लागी यहाँ क्लिक गर्नुहेला

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com