टर्कीद्वारा सिरिया सरकारलाई कुर्द लडाकुहरुलाई नसघाउन चेतावनी, सीमामा हमला नगर्न टर्कीलाई सिरियाको चेतावनी


प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार

टर्कीले कुर्द लडाकुहरुलाई नसघाउन सिरिया सरकारलाई चेतावनी दिएको छ।

सिरियाका सरकारी सन्चारमाध्यमहरुले सरकार समर्थित मिलिसियाहरु अबको केहीघन्टाभित्रै देशको उत्तरमा कुर्दहरुको नियन्त्रणमा रहेको आफ्रिन इलाकामा प्रवेश गर्नलागेको जनाएपछि टर्की सरकारको त्यस्तो चेतावनी आएको हो।

टर्कीका विदेश मन्त्री मेभलुत काभुसोग्लुले उनको मुलुकका सैन्यलाई कसैले पनि रोक्न नसक्ने बताए।

उनले सिरियाली सैन्यले कुर्द लडाकुहरुलाई सघाए पनि आफ्ना सैन्यले कुर्दहरु विरुद्धको कारवाही जारी राख्‍ने चेतावनी पनि दिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टर्कीबाट भैरहेको अतिक्रमण रोक्न कुर्द लडाकुहरुलाई सघाउन सिरिया सहमत भएको भन्ने बताइँदै गर्दा टर्कीको त्यस्तो भनाइ आएको बिबिसीले जनाएको छ।

यसअघि सिरियास्थित कुर्द अधिकारीहरुले टर्कीको सैनिक अतिक्रमणसंग जुध्न सिरिया सरकारले उनीहरुलाई मदत गर्न लागेको बताएका थिए।

टर्कीले आफ्नो सीमा पारी आफ्रिन इलाकामा रहेका कुर्द लडाकुहरुलाई आतंककारी भन्ने गर्दछ।

उसले उनीहरुलाई त्यहाँबाट धपाउन गत महिना आफ्ना सैनिकहरुलाई सिरियाली भूभागमै पठाएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com