एनालग केबल टीभी बन्द गर्न बाटो खुल्यो


प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार

सर्वोच्च अदालतले एनालग केबल टीभीहरुलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने निर्णय कार्यान्वयनका लागि सरकारलाई कानुनी बाटो खोलिदिएको छ।

आजको गोरखापत्र दैनिकमा खबर छ- सर्वोच्चको एकल इजलासले यसअघि जारी गरेको अन्तरिक आदेशको निरन्तरता नहुने आदेश जारी गरेसँगै सरकारलाई निर्णय कार्यान्वयन गर्न बाटो खुलेको हो ।

यसअघि न्यायाधीश बककुमार श्रेष्ठको एकल इजलासले तत्काल निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

आइतबार न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले आन्तरकालीन आदेश निरन्तरता नहुने आदेश जारी गरेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com