पूर्वराजाको प्रश्नः निर्वाचन गर्नु मात्र प्रजातन्त्र हो ?


प्रकाशित मिति : फाल्गुन ६, २०७४ आईतबार

पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिक व्यवस्थामाथि नै प्रश्न उठाएका छन् ।

निर्वाचन गर्नु मात्र प्रजातन्त्र नभएको भन्दै उनले २०६३ बैशाख ११ पछि भएको राजनीतिक परिवर्तनको समीक्षा गर्ने बेला आएको बताएका छन् ।

प्रजातन्त्र दिवसको अवसर शुभकामना सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रलाई संस्थागत गर्ने वा समस्या समाधान खोज्ने क्रममा भएका सहमति, समझदारीमा देशको गौरव बढाउने विषयले प्रथमिकता नपाएको गुनासो गरेका छन् ।

उनले भनेका छन्, प्रजातन्त्र भनेको निर्वाचाहरुको आयोजना मात्र होभन्ने भ्रम राखिनु हुँदैन । देशको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकतालाई सबल तुल्याउँदै जाताको सर्वोपरी हितलाई केन्द्रमा राखेर व्यवहार गर्ने व्यवस्था मात्र प्रजातान्त्रिक हुनसक्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

११ वैशाख २०६३ मा भएको राजनीतिक परिर्वतन पछिको दशकमा देश र जनताको हितप्रति संवेदशीलता एवं जिम्मेवार व्यवहार प्रस्तुत भइरहेको छ या अझै केन्दि्रत सोचको पासमा देशको राजनीति अल्भिmएको छ ? समीक्षा गर्नुपर्ने उनले बताएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले भनेका छन्, ‘सीमित व्यक्तिहरुको स्वार्थ रक्षालाई नै प्रजातन्त्रको रुपमा जनताले आत्मसाथ गरिदिनुपर्ने हो कि होइन ? कानुनी राज एवं सुशासनको प्रत्याभूति दिलाउन नखोज्ने अवस्थालाई नेपाली जनताले कहिलेसम्म व्यहोर्नुपर्ने हो ?’

उनले सबै नेपालीको भावना समेट्ने र देशको राष्ट्रियता एवं राष्ट्रिय एकता समृद्ध बनाउने साधनको रुपमा प्रजातन्त्र प्रयुक्त हुने अवस्था बन्न सकोस् भनेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com