सम्पत्ति विवरण नबुझाउने १९ हजार कर्मचारीलाई कारवाहीका लागि सिफारिस,सबैभन्दा धेरै शिक्षक


प्रकाशित मिति : ६ फाल्गुन २०७४, आइतबार

राष्ट्रिय सर्तकता केन्द्रले आर्थिक वर्ष (आव) २०७३/७४ मा सम्पत्ति विवरण नबुझाउने १९ हजार राष्ट्रसेवक कर्मचारीलाई कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरेको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० मा प्रत्येक सार्वजनिक पद धारणा गरेको व्यक्तिले आफ्नो वा आफ्नो परिवारका नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र तोकिएको निकायसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।

केन्द्रका अनुसार गत आवमा सम्पत्ति विवरण नबुझाउने यस्ता कर्मचारीको संख्या १९ हजार एक सय ३४ छ ।

केन्द्रका अनुसार गत आवमा सम्पत्ति विवरण नबुझाउने राष्ट्रसेवकमा सबैभन्दा धेरै शिक्षक छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com