कार्यदिशाको विषयमा सहमति नभएसम्म पार्टी सरकारमा सहभागी नहुने-दाहाल,एकीकरण लम्बिँदै


प्रकाशित मिति : ६ फाल्गुन २०७४, आइतबार

पार्टी एकीकरण प्रयासमा रहेका नेकपा एमाले र माओवादी केन्द्र अध्यक्षबीच आइतबार पाँच घन्टासम्म एक्लाएक्लै वार्ता भएको छ।

अाइतबार बिहान माओवादी संसदीय दलको नेता चयन भएसँगै अध्यक्ष प्रचण्ड वार्ताका लागि भक्तपुरस्थित दुर्गा प्रसाईंको घर पुगेका थिए।

दुवै नेताले त्यहाँ साढे दशदेखि साढे तीन बजेसम्म पाँच घन्टा वार्ता गरेका हुन्।

माक्र्सवाद–लेनिनवादलाई एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त बनाउनेमा दवै दल सहमत भए पनि एमालेले अंगीकार गर्दै आएको जनताको बहुदलीय जनवाद (जबज) लाई एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त मान्ने कि नमान्ने भन्नेमा दुई पार्टीका नेताहरुबीच सहमति हुन नसक्दा एकीकरण लम्बिँदै गएकाे छ।

ठिमी बैठक वैचारिक मतभेद र शक्ति बाँडफाँडमा केन्द्रित भएकाे स्राेतले बतायाे। बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष अाेलीले मन्त्रीहरूकाे नाम सिफारिश गर्न दाहाल समक्ष अाग्रह गरेका थिए। विवाद रहेको कार्यदिशाको विषयमा सहमति नभएसम्म पार्टी सरकारमा सहभागी नहुने जवाफ दाहालले फर्काएकाे स्राेतले बतायाे। दुवै नेताबीच फेरि छलफल गरेर निष्कर्षमा पुग्ने सहमति भएकाे छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com