राष्ट्रको नाममा सम्बोधन गर्ने तयारीमा प्रधानमन्त्री ओली
प्रकाशित मिति : ६ फाल्गुन २०७४, आइतबार
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेर नयाँ सरकारको कार्यदिशा र योजना सार्वजनिक गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले केही दिनभित्रै राष्ट्रका नाममा सम्बोधन गर्ने गरी तयारी भइरहेको छ ।
‘ओलीले आफ्नो सम्बोधनमा समावेश गर्ने विषयमा तयारी गर्न सचिवालयलाई जिम्मेवारी दिएका छन् ।’ एमाले नेता विष्णु रिमालले भने, ‘केही दिन भित्रै प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्नेछन्।’
प्रधानमन्त्री ओलीले माओवादीलाई पनि सरकारमा सहभागी गराएर राष्ट्रका नाम सम्बोधन गर्ने तयारी गरेका छन् ।
त्यसैले मिति टुंगो लागेको छैन। नयाँ प्रधानमन्त्री निर्वाचित भएपछि राष्ट्रको नाममा सम्बोधन गर्ने प्रचलन छ । पछिल्लो समय नयाँ सकार गठन, सरकारको सय दिन र सरकार छाड्नुअघि प्रधानमन्त्रीहरूले राष्ट्रको नाममा सम्बोधन गर्ने गरेका छन् ।





