सरकारले सिफारिस गरेकोमकैको घोगामा दाना नलागेपछि किसान चिन्तित


प्रकाशित मिति : फाल्गुन ६, २०७४ आईतबार

मकैको घोगामा दाना नलागेपछि किसान मर्कामा परेका छन् । रौतहटमा सयौं बिगाह जमिनमा मंहगो मुल्यमा खरिद गरेको मकैको बिउ मकै भाँचेर बेच्ने बेलासम्म दाना नलागेपछि किसानहरु मर्कामा परेका हुन् ।

सरकारले नै सिफारिस गरेको बन्नी जातको हाइब्रिड मकैको बिउमा दाना नलागेपछि किसानहरु चिन्तित बनेका हुन् । धेरै उत्पादन हुने भन्दै किसानले नेपाल सरकारबाट मान्यता प्राप्त बन्नी जातको हाइब्रिड मकै लगाएका थिए ।

रौतहटको चन्द्रपुर नगरपालिका ३ गैंडाटारका किसानहरु मकै भाँच्ने बेला हँुदा सम्मपनि मकैमा दाना नलागेको भन्दै सरकारप्रति नै रुष्ट भएका छन् । सरकारले उन्नत जात भनेर सिफारिस गरेको मकैमा दाना नै नपरी त्यसै खेर गएपछि उनीहरु सरकारसंग क्षतिपूर्तिको माग गर्न थालेका छन् ।

गैंडाटारका प्रेम बहादुर बस्नेतको ६ कठ्ठा, मान कुमारी फुयाँलको १५ ,सविना खुलालको ११, रोहिनी घोरासइनीको १५,गोपाल बहादुर फुयालको २ विगाह गरेर करिव ३०० किसानले व्यवसायीक रुपले गत कात्तिकमा मकै छरेका थिए । ९० दिनमा पाक्ने मकै भन्दै सो भेगका किसानले रोपेको मकैमा घोगा लागेपनि दाना नलागेपछि उनीहरु चिन्तित बनेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

किलोको ६ सयका दरले बिउ किनेर रोपेका किसानको मिहेनत मात्र नभएर हजारौंको लगानी समेत खेर गएको छ ।
बन्नी एनएमएच ७१३ जातको भारतको हैदराबादमा उत्पादन भएको बिउ चन्द्रपुरमा रहेको मंगलेश्वर एग्रोभेट, मैनाली एग्रोभेट र राहुल बिज भण्डारबाट किसानले खरिद गरेर रोपेका थिए ।

‘मकै उम्रने बेलामा एकदम राम्रोसंग उम्रेपनि भाँचेर बेच्ने बेलामा एउटा दाना पनि लागेको छैन,गैंटाटारका किसान गोपाल बहादुर फुयाँलले बताए । चाहिएजति मेहनत गरेको हो ,तर फल नै नलागेपछि हाम्रो लगानी माटोमा मिसीएको छ । अब हामी के गर्ने क्षतिपूर्ति दिलाइदिनुपर्यो’, फुयाँलले गुनासो गर्दै भने ।

गतवर्ष सोही क्षेत्रफलमा लगाएको मकैबाट राम्रो आम्दानी भएको भएपनि अहिले भने एउटा पनि दाना नलाग्दा घरको न घाटको भएको रोहिनी प्रसाद घोरासैनीले बताए । बाली नलागेपछि उनले बच्चाको स्कुलको पैसा तिर्न र घर चलाउन समेत मुस्किल भएको बताए ।

अर्का किसान सबिना खुलालले मकै रोप्दा एक बिगाहामा ५० हजार खर्च भएको बताउँदै दाना नलागेकाले आफुलाई आर्थिक समस्या भएकाले राज्यले छानविन गरेर क्षतिपुर्ती दिनुपर्ने बताईन् । बिउ बिक्री गर्ने एग्रोभेटलाई कारबाही हुनुपर्ने उनी बताउँछिन् ।

बिउको बारेमा गलत प्रचार गरेर किसानलाई झुक्याउने काम भएको र सबै पीडित किसानले क्षतीपुर्ती नपाए आन्दोलन गर्ने वडा सदस्य सरस्वती खुलालले चेतावनी दिईन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com