एकताबाट पछि हट्ने कुरै छैन, ५ वर्ष स्थिर सरकार चल्छ : नारायणकाजी (भिडियो)


प्रकाशित मिति : फाल्गुन ६, २०७४ आईतबार

Shubha Shankar Kandel

काठमाडौं ६ फागुन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्टिय स्वाभिमानका नायक बनेका प्रधानमन्त्री केपी ओलीप्रति कुनै विदेशी दूतको भ्रमणसंग जोडेर नहेर्न आग्रह गरेका छन् ।

एबीसीको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसंग कुरा गर्दै श्रेष्ठले भने राष्टिय स्वाधिनता र आर्थिक सम्वृद्धिका लागि केपी ओलीको प्रतिवद्धतामा कुनै प्रश्न गर्न सकिंदैन । भारतीय विदेश मन्त्री नेपाल आएर ओलीको मन बदलिन्छ भनेर पनि कहिं सोच्न सकिने कुरा हो श्रेष्ठको प्रश्न छ ।

एक दुई दिनभित्र नै पार्टी एकता घोषणा हुने दावी गरे । श्रेष्ठले कुनै सिद्धान्तको जलपमा परेर वा त्यसमै अलमलिएर जनताबाट अनुमोदित भएको एकता कसैले रोक्न नसक्ने दावी छ ।
एक अर्को प्रसंगमा शान्ति प्रक्रिया र मुद्धामामिलाको विषयबाट प्रचण्डलाई तर्साउन खोजिएको हो भन्ने प्रश्नमा श्रेष्ठले भने शान्ति, संविधान र गणतन्त्रका लागि यति ठूलो योगदान गरेको नेता प्रचण्डलाई त्यस्ता धम्कीके केही काम नगर्ने बताए ।
कुनै पनि हालतमा पार्टी एकता भएरै छाड्ने दावी गर्दै श्रेष्ठले ५ वर्ष स्थायी सरकार चल्ने दावी गरे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com