वाम गठवन्धन तोड्न र पार्टी एकता रोक्न प्रलोभन र धम्की – प्रचण्ड


प्रकाशित मिति : फाल्गुन ५, २०७४ शनिबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठवन्धन तोड्न र पार्टी एकता रोक्न आफ्नो पार्टी माओवादी केन्द्र र नेकपा एमालेलाई प्रलोभन र धम्की आइरहेको बताएका छन् ।

शनिवार महोत्तरीको हात्तीलेटमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले गठवन्धनलाई असफल पार्न अहिले पनि षड्यन्त्र भइरहेको बताए ।

‘गठबन्धनलाई सफल हुन नदिन एमाले र माओवादी केन्द्रका नेता कार्यकर्तालाई धम्की आएको छ’ प्रचण्डले भने, ‘हामी कोहीपनि यस्तो धम्की र प्रलोभनमा फस्नु हुँदैन ।’

एमाले–माओवादी केन्द्रबीच एकता हुन नदिन खोज्ने षडयन्त्रको विरुद्ध दुबै पार्टीका नेता–कार्यकर्ताले आफ्नो पार्टी र नेतालाई सतर्क बनाउने जिम्मेवारी आएको पनि उनले बताए ।

‘तपाईंहरुले एक–दुई नेतामा मात्र भर पर्नुहुँदैन’ प्रचण्डले भने, ‘सबै जनता र कार्यकर्ता अगाडि नआए षडयन्त्रकारीहरुको प्रयास सफल हुन सक्छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com