विदेशमा नयाँ हुँदा नेपालीले नै राम्रो व्यवहार गर्दा रहेनछन्


प्रकाशित मिति : फाल्गुन २, २०७४ बुधबार

सूर्यमोहन आचार्य । पढ्नका लागि कलेज जान्थेँ । तर पढ्न त मनै नलाग्ने । कलेज गएपनि नपढेपछि के गर्नु फेल भएँ । १२ कक्षा फेल भएपछि के गर्नु विदेश जाने सोचें। भर्खरै २२ वर्ष लागेको थिए । फेल भएको सुरमा म सन् २००६ मा कतार लागेँ ।

पाइप फिटरको काम । मलाई त सुरुमा त साह्रै गाह्रो भयो । एक सय १४ इन्चसम्मको ग्यास पाइपमा काम गरेँ । नयाँ गएकालाई त नेपालीले नै पनि राम्रो व्यवहार नगर्ने । त्यो बेला त नेपाली देख्दा बोलिदिए मात्र पनि हुन्थ्यो, यसो के छ मात्र भनिदिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । तर पुरानाले नयाँ जानेलाई खासै सहयोग नगर्ने ।

आफ्ना भन्ने कोही नभएको ठाउँमा नेपाली देख्दा आफ्ना लाग्थ्यो । अरु त के चाहियो र बोलीको सहयोग पनि नपाइने रहेछ । त्यसैले सुरुसुरुमा चाहिँ साह्रै मन आत्तियो ।

कतारको गर्मी । गुम्म परेको ठाउँमा काम गर्न पर्ने । एसी, पङ्खा भएको ठाउँमा काम गर्न पाए त हुने थियो नि के गर्नु त्यस्तो नहुँदो रहेछ । तर महिना मर्ने बित्तिकै पैसा हात पर्दाको चाहिँ सबै दुःख बिर्सन्थे । पैसा हात परेको दिन त बरु एसएलसी मै फेल भएको भए त यतिबेला त कति कमाइ सक्थे जस्तो लाग्थ्यो । ढिलो फेल भएछु भनेर पछुतो लाग्थ्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जस्तो अवस्था आइपरे पनि काम गर्नै पर्ने । दुःखसुख काम गरेँ । पुरानो हुँदै गएपछि काम जानियो, भाषा पनि जानियो । सबैले माया गर्न थाले । तर त्यही माया नयाँ जानेलाई किन नगरेको होला ? यो कुरा मेरो मनमा अहिले पनि खेलिरहन्छ । नयाँ हुँदा त ठूलाको दवाव, काम नजान्दाको गाली सम्झदा त अहिले पनि मन चिसो हुन्छ ।

यसरी नै कतारमा ५ वर्ष बिताएँ । यो ५ वर्षमा दुई पटक घर विदामा आएँ । ५ वर्ष पछि भने मलाई फेरि विदेश जान मन लागेन । ५ वर्षको कमाइले गाउँमा एउटा घर बनाएँ । विदेशको दुःखले मुन्टो लुकाउने घर भयो । त्यती हो ।

सन् २०११ मा घर फर्किएर व्यवसायिक रुपमा कुखुरा पाल्न सुरु गरेँ । सुरुमा त श्रीमतीले पनि साथ दिइन् । राम्रै कमाइ भयो । तर पछि उनी बिरामी भएपछि मैले यो व्यवसायलाई निरन्तरता दिन सकिन ।

अहिले सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत सूचना केन्द्रमा स्वयमसेवकको रुपमा काम गरिरहेको छु । आफ्नै गाउँमा विदेशको बारेमा जनचेतना फैलाउन पाउँदा निकै खुसी लाग्छ । तर मानिसलाई कुरा बुझाउन गाह्रो छ ।

दलालले अनेक कुरा सुनाएका हुन्छन् । तर दलालको कुरा मात्र सुनेर सीप नसिकी परदेशिदा दुःख पाइन्छ ।

सुर्यमोहन आचार्यसँग सन्जिता देवकोटाले गरेको कुराकानीमा आधारित ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com