औषधिप्रतिरोधी रोग नियन्त्रण गर्न सक्ने नयाँ एन्टिबायोटिक फेला


प्रकाशित मिति : १ फाल्गुन २०७४, मंगलबार

अमेरिकी वैज्ञानिकहरूले माटोका नमुनाहरूमा एन्टिबायोटिकको नयाँ वर्ग फेला पारेका छन्।

ती प्राकृतिक यौगिकहरू उपचार गर्न गाह्रो हुने संक्रमणहरू नियन्त्रणका लागि प्रयोग गर्न सकिने अनुसन्धानमा संलग्न रकफेलर विश्वविद्यालयका वैज्ञानिकहरूको विश्वास छ।

परीक्षणहरूमा ‘म्यालासिडिन्स्’ भनिएका ती यौगिकहरूले एन्टिबायोटिक प्रतिरोधी ब्यक्टेरियाबाट लाग्ने धेरै रोगहरूलाई नियन्त्रण गरेको देखिएको बिबिसीले जनाएको छ।

विज्ञहरूका अनुसार ‘नेचर माइक्रोबायोलजी’मा प्रकाशित शोधले एन्टिबायोटिकको प्रयोगमा नयाँ आशा जगाएको छ।

औषधिप्रतिरोधी रोगहरू विश्वभरि ठूलो स्वास्थ्य चुनौतीका रूपमा देखा परेका छन्।

त्यस्ता रोगबाट बर्सेनि सात लाख मानिसहरूको मृत्यु हुन्छ र तिनको उपचारमा नयाँ विधिको आवश्यकता टड्कारो रूपमा देखिएको छ।

माटोमा लाखौँ सूक्ष्मजीवहरू हुन्छन्। तिनले औषधीय गुण भएका एन्टिबायोटिक लगायत अनेकौँ यौगिकहरू उत्पादन गर्छन्।

न्यूयोर्कस्थित रकफेलर विश्वविद्यालयमा डा सन ब्र्याडीको समूह ती यौगिकहरू पत्ता लगाउन व्यस्त छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com