एमाले – माओवादी नेताहरु प्रधानमन्त्रीको दाबीका लागि तम्तयार,केपी ओली भोलि नै शीतलनिवास जाने


प्रकाशित मिति : फाल्गुन १, २०७४ मंगलबार

प्रतिनिधिसभाको चुनावी नतिजालाई निर्वाचन आयोगले औपचारिकता दिन बाँकी छँदै वाम गठबन्धनका नेताहरुले शीतलनिवास जाने गृहकार्य थालेका छन् ।

आयोगले बुधबार नै राष्ट्रपतिलाई नतिजा बुझाउने सम्भावना देखेपछि एमाले र माओवादीका नेताहरु प्रधानमन्त्रीको दाबीका लागि तम्तयार भएका हुन् । आयोगका पदाधिकारीहरु शीतलनिवासबाट बाहिरिनासाथ वाम नेताहरुले प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्ने छन् ।

बुधबार पार्टी एकता संयोजन समितिको बैठक राखिएको छ । तर, यसवीचमै आयोगले नतिजा बुझाएमा नेताहरु बैठककै वीचमा शीतलनिवास जानेछन् ।

प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्नेबारे मंगलबार ओली र प्रचण्डवीचको ‘वान टु वान’ वार्तामा छलफल भएको एमालेका एक नेताले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निर्वाचन आयोगले समानुपातिक सांसदको नाम सच्याउन दलहरुलाई भोलिसम्मको समय दिएका छन् । नाम सच्याउन भनिएका तीन दलमध्ये माओवादी र राजपाले मंगलबार नै बुझाइसकेका छन् । अब कांग्रेसले मात्रै नामावली बुझाउन बाँकी छ ।

दलहरुले अन्तिम नामावली बुझाएको लगत्तै प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा हुनेछ ।

अन्तिम परिणाम घोषणा गरेको ७ दिनभित्र राष्ट्रपतिलाई बुझाउने पर्ने संवैधानिक व्यवस्था छ । तर, आयोगले भोलि नै शीतलनिवास जाने गृहकार्य गरेको छ । एक आयुक्तले भने- ‘दलहरुले बुझाएको नाममा गडबडी रहेनछ भने भोलि नै राष्ट्रपतिलाई अन्तिम परिणाम बुझाउँछौं ।’

आयोगले भोलि नै राष्ट्रपतिसमक्ष निर्वाचनको अन्तिम परिणाम बुझाएको खण्डमा भोलि नै एमाले र माओवादीले केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने एक नेताले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com