प्रदेश नं ३ का मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य डोरमणि पौडेललाई नियुक्त गरियोस् भन्ने प्रस्ताव ३ नं प्रदेश कार्यालय, बसपार्क, हेटौँडामा आज अपराह्न १३ः बजे दर्ता गरिएको छ ।
नेकपा(एमाले)का रामेश्वर फुयाँल(काठमाडौँ) प्रस्तावक र नेकपा(माओवादी) केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकटेल(धादिङ)को समर्थनमा त्यससम्बन्धी पत्र प्रदेश कार्यालयका सचिव चतुर्भुज ज्ञवालीसमक्ष प्रस्तुत गरिएको छ ।
तत्कालीन हेटौँडा नगरपालिकामा दुई पटक प्रमुख चलाउनुभएका पौडेल शुक्रबार एमाले ३ नं प्रदेश संसदीय दलमा निर्वाचित हुनुभएको थियो । उहाँ नेपाल नगरपालिका संघका अध्यक्ष पनि हुनुहुन्थ्यो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।