पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रस्ताव


प्रकाशित मिति : माघ २८, २०७४ आईतबार

प्रदेश नं ३ का मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य डोरमणि पौडेललाई नियुक्त गरियोस् भन्ने प्रस्ताव ३ नं प्रदेश कार्यालय, बसपार्क, हेटौँडामा आज अपराह्न १३ः बजे दर्ता गरिएको छ ।

नेकपा(एमाले)का रामेश्वर फुयाँल(काठमाडौँ) प्रस्तावक र नेकपा(माओवादी) केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकटेल(धादिङ)को समर्थनमा त्यससम्बन्धी पत्र प्रदेश कार्यालयका सचिव चतुर्भुज ज्ञवालीसमक्ष प्रस्तुत गरिएको छ ।

तत्कालीन हेटौँडा नगरपालिकामा दुई पटक प्रमुख चलाउनुभएका पौडेल शुक्रबार एमाले ३ नं प्रदेश संसदीय दलमा निर्वाचित हुनुभएको थियो । उहाँ नेपाल नगरपालिका संघका अध्यक्ष पनि हुनुहुन्थ्यो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com