अर्को फड्को हान्न बेर मान्दिनँ– प्रचण्ड


प्रकाशित मिति : माघ २८, २०७४ आईतबार

काठमाडौं, २८ माघ, । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अस्थिर बनेको आरोप लाग्ने थालेपछि उहाँले फूलाई अस्थिर नभन्न आग्रह गर्नुभएको छ ।

एमालेसँग सत्तामा रहेका उनी भद्र सहमति अनुसार प्रधानमन्त्री नछाडेको भन्दै रातारात कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री बनेका बन्नुभएको थियो । कांग्रेससँग सरकारमा रहेका बेला गत दशैंताका विपक्षी एमालेसँग चुनावी तालमेलको सहमति गरेर अर्को सप्राइज दिनुभएको थियो ।

अहिले पनि कतिपय एमाले नेताहरूले प्रचण्ड अस्थिर भएकै कारण पार्टी एकताका लागि चाहिने विश्वास बन्न गाह्रो भइरहेको बताउने गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले भने देश हितलाई हेरेर यस्ता फड्को मार्ने गरेको दाबी गर्नुहुन्छ ।

चितवनमा आयोजित एक कार्यक्रममा उहाले एमाले छाडेर कांग्रेसतिर जानुको कारण बताउनुभयो। ‘ कतिपय प्रधानमन्त्री बन्न मात्र गयो भन्ने परेको होला, त्यो सत्य होइन’ , ‘मलाई मैले मात्र पार्टीहरुको तिक्तता, जातिजाति तथा मधेस र पहाडबीच बढेको दुरी घटाउन सक्छु भन्ने लाग्यो । ‘

अस्थिर भन्दै व्यग्य गर्न आवश्यक नरहेको भन्दै उहाले भन्नुभयो, ‘अहिले म जहाँनेर छु, त्यहाँबाट देशको हित नहुने भन्ने लाग्यो भने मैले अर्को फड्को हान्न बेरै मान्दिनँ ।’

प्रचण्ड भनेकै अप्ठ्यारो पर्न लाग्यो भने कुनै न कुनै उपाय निकालेर अघि बढ्ने भएको उहाँको तर्क छ ।

बाल्मिकी पहिला डाँका रहेको र बुद्ध धर्मलाई स्थापित गर्ने राजा अशोक पनि युद्ध कमाण्डर भएको उनले स्मरण गराउदै । आफ्नो स्थिति पनि अरु पार्टी र नेताहरु भन्दा भिन्न रहेको भन्दै माओवादी अध्यक्ष प्रचण्डले भने, फरक हुनुमा मलाई गर्व छ ।’

राजनीतिबारे प्रतिकात्मक रुपमा मात्र बोलेको भन्दै उहाले कुनै दिन साच्चीकै रुपमा भन्ने बताउनुभयो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com