विवाद हुँदा मन्दिरमा जोगीको हत्या, हत्या गरी फरार भएका जोगी पक्राउ


प्रकाशित मिति : माघ २७, २०७४ शनिबार

सांकेतिक तस्बिर
माघ २७, महेन्द्रनगर, सन्यासी ९जोगी० चन्द्र गिरीको हत्या गरी फरार भएका अर्का जोगी नारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं.–४ मा रहेको प्रसिद्ध बनदेवी मन्दिरमा सन्यासीका रुपमा बस्दै आएका नारायणले आफूसँग बस्दै आएका अर्का जोगी चन्द्र गिरीको हत्या गरेका थिए । उनीहरु दुईबीच सामान्य विषयमा विवाद भएको प्रहरीको भनाइ छ ।

चन्द्र गिरीको हत्या गरी फरार रहेका आरोपी नारायण चौधरीलाई कैलालीको अत्तरिया बजारबाट शनिबार बिहानै पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक मणि भट्टले जानकारी दिए ।

३२ वर्षीय नारायण चौधरीले ४५ वर्षका चन्द्र गिरीको टाउँमा चिर्पटले प्रहार गरेर हत्या गरेका थिए । त्यहाँ रहेका अन्य आधा दर्जन महात्मा ९जोगी०हरु आरती गर्न व्यस्त रहेको बेला साँझ उनीहरु बीच एक–आपसमा झगडा भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com