ओनसरी आएपछी संसद्मा मासिक ५६ लाख बचत


प्रकाशित मिति : आश्विन १९, २०७३ बुधबार

खर्च कटौती योजना लागू भएपछि संसद्को प्रशासनिक खर्च मासिक ५६ लाख रुपियाँ कम भएको छ । कर्मचारी, सांसद र अन्य उपस्थितलाई समेत दिइँदै आएको खाना कुपन, चिया तथा खाजा व्यवस्थापन कटौती भएपछि सचिवालयको मासिक खर्च ५६ लाख ३७ हजार ९९० रुपियाँ बचत भएको हो ।

संसद्मा खाना र खाजाको कुपन दुरुपयोग भएको भन्दै सांसदहरूलाई बैठक बसेको दिनमा खानाको पैसा बैङ्कमा उपलब्ध गराउने निर्णय भएको थियो । प्रमुख राजनीतिक दलहरूसँगको परामर्शमा सभामुख ओनसरी घर्तीले साउन ३२ गते खाना, खाजा, तथा चियामा हुने खर्च समेत कटौती गर्ने निर्णय गरेकी थिइन् ।

संसद् सचिवालयले सार्वजनिक गरेको मासिक खर्च विवरण अनुसार खर्च कटौतीपछि भदौ महिनामा सचिवालयको खर्च सात लाख ६२ हजार ४८३ रुपियाँ भएको छ । अघिल्लो वर्ष भदौ महिनामा सचिवालयको खर्च ६४ लाख ४७३ रहेको थियो । अघिल्लो वर्षको भदौ महिनाको तुलनामा सचिवालयको मासिक खर्च ५६ लाख ३७ हजार ९९० रुपियाँ बचत भएको हो । सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले सभामुखको अग्रसरतामा खर्च कटौतीका लागि भएको प्रयास अनुसार सचिवालयको प्रशासनिक खर्च कटौती भएको बताए ।

सचिवालयको विवरणअनुसार भदौमा संसदीय समितिमा दुई लाख ४५ हजार ८०० रुपियाँ बैठक सञ्चालनको खर्च भएको छ । यस्तै दलहरूको संसदीय दल व्यवस्थापन खर्च भदौमा चार लाख ८८ हजार ६६६ भएको छ । सचिवालयतर्फ भदौमा २८ हजार १७ रुपियाँ खर्च भएको गोरखापत्रमा खबर छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सबैभन्दा बढी खर्च कटौती समितिको भएको छ । अघिल्लो वर्ष भदौ महिनामा समितिको खर्च ५८ लाख ९७ हजार ४६२ थियो । खर्च कटौती लागू भएपछिको पहिलो महिनामा दुई लाख ४५ हजार ८०० रुपियाँ बैठक सञ्चालनको खर्च भएको हो । समितिको बैठक खर्च ५५ लाख ५१ हजारले कमी भएको छ । यस्तै अघिल्लो वर्ष भदौमा संसदीय दल व्यवस्थापन खर्च पाँच लाख ६९ हजार ५९५ खर्च भएको छ । सचिवालयको तर्फको खर्च भने अघिल्लो वर्षपछि ३३ हजार ४१३ थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com