अमेरिका आउनेलाई महत्वपूर्ण सुझाव


प्रकाशित मिति : माघ २५, २०७४ बिहीबार

– सुनिल मणी दाहाल

अमेरिकामा बोलीचालीका ब्यक्तिगत बानी र सरसफाइले कहिलेकाहीँ असहज महसुस गर्न सक्छन्। यी सबै स्थापित सस्कारी कुरा हुन् जुन यस मुलुकका बासिन्दाले धेरै बर्षदेखि प्रयोग गर्दैछन्। यस्ता संस्कारलाई यस मुलुकका बासिन्दाले आफ्नो दैनिकी बनएका छन्। हामीलाई सामान्य लाग्ने एउटा हर्कतले ठुलो रुप पनि लिन सक्छ। अतः निम्नअनुसारका स्थापित कुरामा नवागन्तुक नेपालीले विचार पुर्याउनु आवस्यक छ!

१) तपाईं अस्थायी वा स्थायी जुनरुपले अमेरिकामा आएपनि अमेरिका प्रवेश गरेको दिनदेखि तपाईंले यस मुलुकको ऐन, कानुन मान्नुपर्दछ र कानुनअनुसार कार्य गर्नु पर्दछ। नेपालमा झैँ कानुनलाई हल्का सम्झी कुनै पनि गैरकानुनी काम नगर्नुहोस्।

२) लाइनमा उभिएर पालो पर्खने गर्नुहोस्। बसमा होस् वा स्टोरमा, जहाँ पनि भिड छ भने ठेलठाल गरी आफू अगाडि जाने प्रयास नगर्नुस्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

३) लाइनमा उभिँदा अगाडिपछाडिका मान्छेसँग केही दुरी राख्नुस् ता कि आफ्नो सरीरले अर्कालाई नछोओस्। यदि छोइएमा ’एस्क्युज मी“ भन्नु होला। तर, मनसायअनुरुप छोएको ठानी उजुरी गरे पुलिस आई अनुसन्धान गरी दोषी देखिए हत्कडी लगाएर जेल चलानसमेत गर्न सक्छ।

४) आफूलाई सरसफाइमा सचेत बनाउनु होस्। नेपालमा झैँ अमेरिकामा पनि आफ्नो जिउ गनाएको कारण अर्कालाई पर्न सक्ने समस्यामा धेरै सचेत छन्। यसका लागि दिनहुँ सरसफाइमा ध्यान दिनुहोस्। आवस्यकताअनुसार दुर्गन्ध निरोधक ( डेओडोरन्ट वा एन्टीपस्पिरेट) प्रयोग गर्नु होस्। यस किसिमको सरसफाइले तपाईंलाई सम्भाबित लाजमर्दो अवस्थाबाट जोगाउन सक्छ।

५) मुस्कुराएर हेल्लो भन्ने बानी गर्नुस्। नेपालमा नमस्ते भन्दै अभिवादन गरे झँै अमेरिकामा मुस्कुराएर हेल्लो भन्दै अभिवादन गर्ने चलन छ। यस मुलुकमा अपरिचितलाई पनि नजिकको झँै लाग्नेगरी सिस्टाचारी ब्यवहार गर्छन्। यदि तपाईंले चिन्नुभएको छैन तर आँखा जुध्यो भने पनि मुस्कुराएर आफ्नो उपस्थिति जनाएको राम्रो हुन्छ। परिचय नभएको तपाईंका ग्राहक आएभने पनि “हेल्लो वा हाई“ भन्न सक्नु हुन्छ। त्यस्तै, यदि तपाईंलाई कुनै अपरिचितले हाई वा हेल्लो भन्छ भने तपाईंलाई उसले चिनेकै हुनुपर्छ भन्ने छैन। त्यस्तै, पहिलोपटक भेट हुँदैछ वा परिचय गर्न खोज्दैछ वा पुरानो साथीभाइ कसैले हात मिलाउन चाहन्छ भने हात मिलाउनु होस्।

६) नचिनेकालाई एकटकले उसको आँखामा नहेर्नु होस्। तपाईंले कसैलाई एकोहोरो हेरिरहनुभयो भने त्यस्तो बानीलाई यहाँ नराम्रो मानिन्छ। मलाई किन हेरिस् भन्दै सिकायत गर्न आउन सक्छन्। अतः तपाईंले हेरेको मान्छे अपरिचित रहेछ वा तपाईंले दोधारमा परेर हेर्नुभएको हो भने तुरुन्त उसलाई हेरेर मुसुक्क हाँस्नुस्। उसले पनि मुस्कुराएर तपाईंलाई साथ दिने छ।

७) थ्याङ्क्यु र प्लिज भन्ने बानी सिक्नुस्। नेपालमा हामी आफ्नो बोलिचालीलाई कसरी भद्र बनाउने भन्नेतर्फ त्यति चासो राख्दैनौँ। वार्तालापलाई बिनम्र र भद्र बनाउन प्लिज र थ्याङ्क्यु भन्ने चलन अमेरिकामा अत्याधिक छ। यदि कसैले तपाईंलाई सहयोग गरेको छ वा गुन लगाउने काम गरेको छ भने तुरुन्त कदरस्वरुप “थ्याङ्कु“ भन्न कन्जुस्याइ नगर्नुस्। त्यस्तै, कसैसँग सहयोग माग्नु छ भने “प्लिज“ भन्ने बानी गर्नुस्। यी सबै आपसी बोलीचाली ब्यबहारका कुरा हुन्। यसलाई ध्यान दिनुहोस्।

८) आफ्नो गल्तीमा क्षमायाचना गर्नुहोस्र तपाईंले कुनै काम बिराउनुभयो भने “इस्किउज मी“ वा “पार्डन मी“ भन्ने बानी बसाल्नुहोस्। आफूले कुनै काम बिराएको वा गल्ती गरेको थाहा पाउनेबित्तिकै “सरी“ भनिहाल्नुस्। यस बानीले तपाईंलाई पर्नसक्ने समस्याबाट मुक्ति दिन सक्छ।

९) कसैको घर वा अफिसमा जानुअघि फोन गरेर मात्र जानुस्। अमेरिकामा सबै समयअनुरुप चल्छन् र सबै फुर्सदीला हुँदैनन्। त्यस्तै आमन्त्रित नगरिएका मान्छेलाई महत्व दिने चलन नभएकाले भेटघाटका लागि घर वा अन्य स्थानमा जानुपूर्ब फोन गरेर मात्र जाने बानी बसाल्नुस्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com