वैदिक ज्ञानलाई आधुनिक विज्ञानसँग जोडेर युवा पुस्तालाई हस्तान्तरण गरिनुपर्ने


प्रकाशित मिति : माघ २२, २०७४ सोमबार

वैदिक ज्ञानलाई आधुनिक विज्ञानसँग जोडेर युवा पुस्तालाई हस्तान्तरण गरिनुपर्नेमा जोड दिइएको छ ।

हिमालय क्षेत्रबाट शुरु भएको वैदिक ज्ञानलाई युरोप, अमेरिकालगायत विश्व जगत्मा फैलाउने अभियानमा लाग्नुभएका महर्षि महेश योगीको १० औँ स्मृति दिवसका अवसरमा नेपाल महर्षि वैदिक फाउण्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपालमा ज्ञानको पुनर्जागरण हुनुपर्ने औँल्याइयो ।

कार्यक्रममा ब्रह्मानन्द यज्ञ फाउण्डेसनका अध्यक्ष नील प्याटर्सनले महर्षि योगीले वैदिक ज्ञानको स्रोत नेपाल हो भनी आफ्ना प्रवचनमा उल्लेख गर्नुभएको बताउनुभयो ।

“प्राचीन ऋषिमुनिले ध्यानका माध्यमबाट वेदका ऋचा (मन्त्र) देख्नुभएको थियो, प्रकृतिमा भएको यो ज्ञान जुनजुन ऋषिले ध्यान दृष्टिबाट देख्नुभयो उहाँकै नाममा मण्डलको नामकरण भएको छ, यसैकारण महर्षि महेश योगीले वैदिक ज्ञानमा नेपालले विश्वको नेतृत्व गर्न सक्छ भन्नुभएको छ”, उहाँले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फाउण्डेसनका अध्यक्ष एवं पूर्वगृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले वैदिक ज्ञानको पुनर्जागरण गरी धर्तीमा स्वर्ग अवतरण गराउने अभियानमा संस्कृत क्षेत्रका विद्वान्वर्गको सहयोग माग गर्नुभयो ।

यसका लागि हाल देशभरका ७५ गुरुकुल र एक दर्जनभन्दा बढी सामुदायिक विद्यालयमा चेतनामा आधारित शिक्षा दिइएको जानकारी उहाँले दिनुभयो ।

विश्व शान्ति राष्ट्रका तर्फबाट नेपाल हेर्ने महर्षि अभियानका राजा किङ्स्ली ब्रुक्सले योग, भावातीत ध्यान र यज्ञका माध्यमबाट नेपाललाई अजेय राष्ट्र बनाउने अभियानमा लागिएको जानकारी दिनुभयो ।

सो अवसरमा हिन्दीबाट नेपाली भाषामा अनुदित ‘बैंक र बजार’ एवं ‘श्रीशंकराचार्य स्वामी ब्रह्मानन्द सरस्वतीको जीवनी’ नामक पुस्तक लोकार्पण गरियो । ती कृतिको अनुवाद क्रमशः भावातीत ध्यान एवं सिद्धिशिक्षक गोपालकुमार मैनाली र ध्यान एवं सिद्धि शिक्षक मीनराज अधिकारीले गर्नुभएको हो ।

पुस्तकका विषयमा वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा मुकुन्द लामिछानेले समीक्षा गर्नुभयो । कार्यक्रममा ग्लोबल मदर डिभाइन अर्गनाइजेसन नेपालका अध्यक्ष कल्पना घिमिरेलगायतले वैदिक ज्ञानको विश्वव्यापी केन्द्र नेपाललाई बनाइनुपर्नेमा जोड दिनुभयो ।

आदि शंकराचार्यले स्थापना गरेका चार मठमध्ये ज्योतिर्मठका शंकराचार्य ब्रह्मानन्द सरस्वतीसँग १३ वर्षसम्म वैदिक ज्ञान लिएर महर्षि योगीले विश्वमा प्रचार गर्नुभएको थियो । उहाँले पुनर्जागरण गर्नुभएको भावातीत ध्यान हाल विश्वका १९२ देशमा सिकाइन्छ ।

हाल विश्वभर सो ध्यानका साधक एक करोडभन्दा बढी रहेको जनाइएको छ ।

ऋग्वेदको १० औँ मण्डलबाट लिइएको सो ध्यान एवं ज्ञानको साधना गर्नेहरुले विश्व शान्ति राष्ट्रको केन्द्र नेदरल्याण्डसमा स्थापना गरी वैदिक विश्व प्रशासनसमेत सञ्चालन गरेका छन् । यसको नेतृत्व महाराजाधिराज राम डा टोनी नाडरले गर्नुभएको छ ।

विश्व शान्ति स्थापना गर्नका प्रत्येक व्यक्तिलाई भावातीत ध्यानका माध्यमबाट शान्त बनाउने सो विश्वव्यापी अभियानको उद्देश्य छ ।

सो ज्ञानको प्रचारकै क्रममा सन् २००८ फेब्रुअरी ५ मा दिन महर्षि योगीको निधन भएको थियो । त्यही स्मरणमा आज १० औँ स्मृति दिवस मनाइएको हो ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com