एसाइलमको नयाँ नियमका दुई फाइदा, दुई बेफाइदा


प्रकाशित मिति : माघ १८, २०७४ बिहीबार

अमेरिकी सरकारको युएससीआईएसले ल्याएको एसाइलम अन्तरवार्ताको नयाँ नियमले कैयनलाई फइदा गर्नेछ भने कैयनलाई बेफाइदा हुनेछ । युएससीआईएसले अन्तरवार्ताको मिति तय गर्दा सबैभन्दा पछाडि फाइल गरिएका एसाइलमका आवेदनको अन्तरवार्ता सुरुमा गर्नेगरी विगतको प्राथमिकता उल्टाएको छ । अब नयाँ आवेदकको अन्तरवार्ताको मिति २१ दिनभित्रै दिइनेछ ।

१, नयाँ नियमबाट एसाइलमका लागि वास्तविक रुपमा योग्य नयाँ आवेदकलाई फाइदा पुग्नेछ । यदि कुनै व्यक्ति वास्तविक रुपमै पीडित हो भने र त्यो व्यक्ति एसाइलमका लागि योग्य हो भने उसले २१ दिनभित्रै एसाइलमको अन्तरवार्ताको मिति पाएर उसको आवेदनमा छिटो फैसला हुनेछ । यसो गर्दा उसले छिटो अमेरिकी ग्रिनकार्ड प्राप्त गर्न र परिवारका सदस्यहरुलाई अमेरिका ल्याउन सक्छ ।

२, नयाँ नियमबाट एसाइलमका लागि वास्तविक रुपमा योग्य पूरा आवेदकलाई बेफाइदा हुनेछ । किनभने उनीहरुले दुईदेखि तीनबर्षदेखि एसाइलमको अन्तरवार्ताको मिति कुरेर बसिरहेका छन् । छिटो अन्तरवार्ता भएर केस टुंगोमा पुग्ने आशामा रहेका उनीहरुको अन्तरवार्ता मिति अब अझै केही बर्ष नआउने देखिएको छ । छिटो ग्रिनकार्ड पाउने र परिवारसँग भेट्ने उनीहरुको सपना अझ पर पुगेको छ । जसका कारण वास्तविक रुपमा योग्य एसाइलमका पूराना आवेदकलाई यसबाट ठूलो बेफाइदा भएको छ ।

३, एसाइलमको केस बलियो नभएका वा जित्ने सम्भावना नभएका तर एसाइलम गरेर केस पेन्डिङ रहेको आधारमा वर्क परमिट प्राप्त गरेर काम गर्ने आशय भएका नयाँ आवेदकहरुलाई भने नयाँ नियमले बेफाइदा पुग्नेछ । एसाइलमको लुपहोललाई उपयोग गरेर वर्क परमिटमात्र प्राप्त गरेर दुईचारबर्ष कानुनी रुपमा अमेरिकामा काम गर्ने आशय राखेका नयाँ आवेदकहरुले अब युएससीआईएसमा एसाइलम पेन्डिङ रहेको आधारमा वर्क परमिट प्राप्त गर्ने सम्भावना अत्यन्तै न्यून रहेको छ । त्यसैले दुईचारबर्ष वर्क परमिट लिएर काम गरिहालौं, पछि देखा जायगा भन्ने आशयका साथ एसाइलम फाइल गर्नेहरु अब दुरुत्साहित हुने भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

४, एसाइलमको केस बलियो नभएका वा जित्ने सम्भावना नभएका तर एसाइलम गरेर केस पेन्डिङ रहेको आधारमा वर्क परमिट प्राप्त गरेर काम गर्ने आशय भएका पूराना आवेदकहरुलाई भने नयाँ नियमले फाइदा पुग्नेछ । किनभने अब केस पेन्डिङ रहेको आधारमा उनीहरुले अझै थप केही बर्ष वर्क परमिट प्राप्त गर्न सक्नेछन् । उनीहरुको अन्तरवार्ताको मिति आउन अझ ढिलाई हुने भएकाले उनीहरुले अझै केहीबर्ष ढुक्कसँग काम गर्न पाउनेछन् । उनीहरुका लागि एसाइलमको नयाँ नियमले अमेरिका बसाई अझ लम्बाइदिएको छ ।

समग्रमा नयाँ नियमले एसाइलम अन्तरवार्ताको मिति छिटो आइदिओस् भनेर कुरेर बसेका पूराना आवेदकलाई वेफाइदा भएको छ भने अन्तरवार्ताको मिति छिटो चाहने नयाँ आवेदकलाई फाइदा भएको छ । साथै अन्तरवार्ताको मिति छिटो नआओस् भनेर बसेका पूराना आवेदकलाई फाइदा भएको छ भने नयाँ आवेदकलाई बेफाइदा भएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com