साथीलाई बचाउन चिया बेच्दै स्कुले विद्यार्थी


प्रकाशित मिति : माघ १८, २०७४ बिहीबार

बुधबार विहानैदेखि चरिकोटको मौसम चिसो थियो । एकाविहानै कठ्याङ्ग्रिने चिसोमा सातदोबाटो चोकमा स्कुले पोसाक लगाएका केहि बालबालिका देखा परे ।

७, ८ कक्षामा पढ्नेजस्ता देखिने उनीहरुले ग्यास, चुलो, भाँडा र प्लाष्टिकका गिलास निकाले अनि चुला बाल्न शुरु गरे, भाँडामा पानी बसाले, चिनि, चियापति हाले । चियार तयार भयो ।

उनीहरुकै साथीको अर्को समुहले ब्यानर टाँग्यो, जसमा लेखिएको थियो, हामी हाम्रो साथी मदनलाई बचाउन चाहान्छौँ विहानको चिसोमा चोकवरपर जम्मा भएका सर्वसाधारण ससाना बालबालिकाले चिया पकाएको हेर्न झुम्मिए । केहिबेरपछि भीमेश्वर नगरालिकाका मेयर भरतबहादुर केसी आइपुगे ।

केसीले ससना विद्यार्थीले सहपाठीको उपचारका लागि थालेको सहयोग अभियानको प्रशंसा गरे, उनीहरुले पकाएको चिया पिए र सहयोग संकलन बाकसमा पाँच हजार रुपैयाँ राखिदिएर अभियान सुरु गरे । आजको नागरिकमा यो खबर छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com