आन्दोलनका कारण सातौँ दिन पनि बन्द रुकुम पूर्व


प्रकाशित मिति : माघ १७, २०७४ बुधबार

रुकुम पूर्वको सदरमुकाम सार्ने निर्णय गरिएपछि शुरु भएको आन्दोलनका कारण सातौँ दिन पनि यहाँ बन्द जारी छ ।

जिल्लाको सिस्ने गाउँपालिका ५ र ६ रुकुमकोटमा रहेको सदरमुकाम यही माघ ११ गतेको मन्त्रिपरिषद् बैठकले पुथा उत्तरगंगा गाउँपालिका–१२ को गोलखाडालाई तोकेपछि सिस्ने गाउँपालिकाका स्थानीयवासी आन्दोलित भएका हुन् ।

मन्त्रिपरिषद्को निर्णय गलत भएको र निर्णय नसच्याइएसम्म रुकुम पूर्वमा बन्द जारी राख्ने आन्दोलनकारीको भनाइ छ । सदरमुकाम रुकुमकोट र त्यस आसपासका सर्वसाधारणले जिल्लाका सबै सरकारी कार्यालयमा तालाबन्दी गरेर दैनिक घेराउ गरिरहेका छन् ।

रुकुमकोटबाट जिल्ला सदरमुकाम गोलखाडा सार्न नदिन सडक अवरुद्ध गरिएको छ । रुकुमकोटमै सदरमुकाम राख्ने निर्णय नगरिएसम्म आन्दोलन जारी राख्ने संघर्ष समितिका संयोजक नन्दलाल शर्माले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत असोज २० गतेदेखि कान्छो जिल्लाका रुपमा रुकुम पूर्वले छुट्टै जिल्लाको रुपमा कामकाज गर्न थालेको थियो । रुकुमकोट साविक रुकुम जिल्लाको सदरमुकाम पनि थियो । तर २०१९ सालमा स्थापना भएको सदरमुकाम २०३० सालमा मुसिकोट सारिएको थियो ।

साविक जिल्लाको सदरमुकाम सारिएको ४४ वर्षपछि रुकुमकोटलाई छुट्टै जिल्लाको सदरमुकाम बनाइएपनि त्यो धेरै समय टिक्न नपाउने स्थिति आएको स्थानीयवासी बताउँछन् ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com