द्वन्द्वकालमा मारिएका ५६ जनालाई शहीद घोषणा गरेकोप्रति साझा चौतारीकोआपत्ति


प्रकाशित मिति : माघ १७, २०७४ बुधबार

द्वन्द्वपीडित साझा चौतारीले चितवनको बाँदरमुढे घटनालगायतका स्थानमा मारिएका ५६ जनालाई मात्र शहीद घोषणा गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

चौतारीका अध्यक्ष सुमन अधिकारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले यही माघ १२ गते बाँदरमुढे घटनाका ५६ जनालाई मात्र शहीद घोषणा गर्नु दलीय भागबण्डा र विभेदपूर्ण कार्य भएको उल्लेख गरेको छ ।

बाँदरमुढेमा गरिएको सार्वजनिक बसमाथिको विस्फोटमा मारिएका, त्यस्तै, द्वन्द्वकालमा माओवादीबाट मारिएका स्याङ्जा, कास्की, सिन्धुपाल्चोक, सुनसरी र खोटाङका गरी ५६ जनालाई शहीद घोषणा गरेकोप्रति ध्यानाकर्षण भएको जनाउँदै द्वन्द्वकालमा मारिएका व्यक्तिलाई विगतमा गरिएको शहीद घोषणा घोषणामै सीमित रहेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि शहीद घोषणा गरिएका कतिपय नाम सरकारले फेरि दोहो¥याएर शहीद घोषणा गरिएकोसमेत देखिएको उल्लेख छ । सरकारद्वारा हचुवा एवं एकपक्षीयरुपमा गरिएको शहीद घोषणा शान्ति प्रक्रियाको मर्मविपरीत एवं राजनीतिकरुपमा एकपक्षीय देखिएको जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com