प्रहरी नै अनुसन्धानको घेरामा


प्रकाशित मिति : माघ १७, २०७४ बुधबार

किरण भट्टराई
राजधानीमा हालै घटेका दुई छुट्टाछुट्टै घटनामा प्रहरीको पनि कमजोरी देखिएपछि प्रहरी नै अनुसन्धानको घेरामा तानिएका छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौँले ती घटनाका सम्बन्धमा पाँच प्रहरीमाथि अनुसन्धान थालेको छ ।

बिहीबार दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा एक युवतीमाथि भएको सामूहिक बलात्कारको घटनालाई गुपचुप राख्ने प्रयास गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, दरबारमार्गका नायब प्रहरी उपरीक्षक तिलक भारती, प्रहरी निरीक्षक लक्ष्मण ठकुरी, प्रहरी नायब निरीक्षक चन्द भण्डारीमाथि अनुसन्धान शुरु गरिएको छ ।

आरोपित प्रहरीलाई वृत्तबाट सरुवा गरी अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शैलेश कार्की नामका एक युवकमाथि ती युवतीलाई होटलमा बोलाएर आफ्ना तीन साथीसहित बलात्कार गरेको आरोप लागेको छ ।

सामूहिक बलात्कारजस्तो घटनामा आरोपितहरुले पीडित युवतीलाई रकम दिएर मिलापत्र गरेको घटनामा वृत्तका प्रहरी अधिकृतहरुलाई सहयोग गरेको आरोप लागेको छ ।

प्रवक्ता जोशीले पीडित युवतीलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पीडितले प्रहरीमा लिखित रुपमा जाहेरी नै नदिएको देखिन्छ । पीडित भनिएकी युवतीसँग बयान लिएपछि मात्रै के भएको हो भन्ने थाहा हुन्छ ।”

सो घटनाबारे परिसरले गठन गरेको छानविन समितिका संयोजक समेत रहनुभएका जोशीले घटनामा प्रहरीको कमजोरी भए÷नभएकोबारेमा समेत अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

यसैगरी, कलंकीस्थित एक होटलमा गत सोमबार छापा हानी जुवा खेल्ने समूहलाई भाग्न लगाई उनीहरुको साथमा रहेको रु चार लाख र मोबाइल लुटेर भागेको आरोपमा प्रहरीमाथि नै छानविन थालिएको छ ।

प्रहरी नायब निरीक्षक मोहनबहादुर मल्ल र प्रहरी जवान मनोहर बुढा जुवाखालमा छापी हानी रकम लिएर भागेको आरोपमा अनुसन्धानमा तानिएका छन् ।

सो रकम र मोबाइलबारे उनीहरुले आफ्नो माथिल्लो निकाय महानगरीय प्रहरी वृत्त कालिमाटीमा जानकारी नै गराएका थिएनन् ।

जुवा खेल्ने समूहका केही व्यक्ति आफ्नो मोबाइल लिन वृत्तमा आएपछि मात्रै सो घटनाबारे वृत्तले जानकारी पाएको थियो ।

परिसरका प्रवक्ता जोशीले जुवा खेल्नेलाई भगाई उनीहरुको साथमा रहेका रकम लुटेको देखिएको र दोषीमाथि कारबाही अगाडि बढाइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “लुटिएको भनिएको रु एक लाख ४० हजारमात्रै हामीले प्रहरीको साथबाट बरामद गरेका छौं तर, जुवाखालमा रहेकाहरुले रु चार लाख लुटेको आरोप लगाइरहेका छन् । ”

प्रहरी जवान बुढालाई निलम्बन गरिएको र नायब निरीक्षक मल्ललाई कारवाहीका लागि माथिल्लो निकायमा सिफारिश गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com