नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बिष्टलाई न्युयोर्कमा सम्मान


प्रकाशित मिति : माघ १५, २०७४ सोमबार

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्टलाई न्युयोर्कमा सम्मान गरिएको छ । नेपाली जनसम्पर्कसमित अमेरिका न्युयोर्क च्याप्टरले न्युयोर्कको ज्याक्सनहाइटमा एक कार्यक्रमको आयोजना गरी बिष्टलाई सम्मान गरेको हो ।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि र न्युयोर्कको नेपाली समुदायका विभिन्न व्यक्तित्वहरुले बिष्टलाई बधाई तथा शुभकामना दिएका थिए । नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले बिष्टलाई पार्टीको केन्द्रीय आमन्त्रित सदस्यमा मनोनित गर्नुभएको हो ।

कार्यक्रममा अमेरिका भ्रमणमा आउनुभएका नेपाली काँग्रेस ललितपुरका जिल्ला सभापति मदन अमात्यलाई पनि स्वागत गरिएको थियो । अमात्यले पनि बिष्टलाई नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित भएकोमा बधाई दिनुभएको थियो ।

भारतबाहेक विदेशमा रहेका नेपाली काँग्रेसका नेताहरुमा आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित हुने बिष्ट पहिलो नेता हुनुहुन्छ । उहाँले आमन्त्रित केन्द्रीय सदस्यको हैसियतले पार्टीका केन्द्रीय बैठकहरुमा भाग लिने अधिकार पाउनुहुनेछ । २० बर्षसम्म अनवरत प्रजातन्त्र र मानवअिधकारको पक्षमा दिएको योगदान र अनवरत रुपमा पार्टीका लागि गरेको कामको उच्च मूल्यांकन भएको नेता बिष्टलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com